मधेशी, धोती भन्दै अपमानजनक गाली गरेकोलाई कारवाहीको लागि मधेशी आयोगको एक्सन
मधेसी समुदायका अगुवाहरूले आयोगमा दिएको उजुरीका आधारमा आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।

२०७९ मंसिर १५ बिहीबार, दिउँसो ४:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौँका मेयर बालेन्द्र साह (बालेन) लाई मधेशी, धोती भन्दै अपमानजनक शब्दहरु प्रयोग गरी गाली गरेको भन्दै मधेशी आयोगले कारवाहीको लागि कागजी प्रक्रिया अगाडी बढाएको छ ।
समाजिक सँजालमा आफूलाई सुकुम्बासी भन्दै एक पुरुष र एक वृद्ध महिलाले बालेनलाई मदिसे, धोती भन्दै समुदायिक गाली गलौज गरेको भन्दै आयोगले सम्बन्धित निकायलाई कारवाहीको लािग पत्राचार गरेको हो ।
मधेसी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडियोहरु समाजिक सँजालमा भाइरल बनेपछि आयोगका अध्यक्ष प्रा. डा. विजय कुमार दत्तले सो भिडियोको छानबिन गरी कारवाही प्रक्रिया अगाडी बढाउन गृहमन्त्रालयलाई पत्राचार गरेको हो ।
मधेसी समुदायका अगुवाहरूले आयोगमा दिएको उजुरीका आधारमा आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।

काठमाडौँ महानगरपालिकाले सुकुम्वासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिहरूले मेयर बालेन शाह र मधेसी समुदायलाई धोती जस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।
आयोगका अध्यक्ष डा। दत्तले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारबाही गर्न पत्राचार गरेको बताए ।
अध्यक्ष प्रा. डा.दत्तले समाजमा चेतनाको स्तर अझै पनि नबढेको र जातीय क्षेत्रीयताका आधारमा मधेसी समुदायले समय–समयमा यस्ता विभेदपूर्ण कुराहरूको सामना गर्नु परिरहेको बताएका छन् ।
अध्यक्ष डा.दत्तले आयोगमा सबै भन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाहरूले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीहरू प्रति आफू सचेत रहेको र आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको समेत बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…