छात्रवृतिमा खाली भएको सिटमा वैकल्पिक सिफारिस नगरिए CTEVT मा तालाबन्दी गर्छौः सँयोजक गोईत
माग पुरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी समेत दिइएको संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिका संयोजक गोइतद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

२०७९ मंसिर १४ बुधबार, बिहान ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यार्थी सँघ (नेविसँघ) सिटिईभिटी मधेश प्रदेशका सँयोजक ईन्द्रजीत गोईतले मधेश प्रदेशको सिटिईभिटी कार्यालयमा तालाबन्दीको चेतावनी दिएका छन् ।
मेडिकल ईन्सिटीच्युट लाहानको नर्सिङ्ग कार्यक्रममा वर्गिकृत छात्रवृतीमा खाली भएको सिटमा भर्ना निर्देशिका अनुसार अर्को बैकल्पिक विद्यार्थीहरुलाई समेत सिफारिस गर्नुपर्ने माग राख्दै उनले तालाबन्दीको चेतावनी दिएको हो ।
प्रवेश परिक्षा २०७९ बाट सिफारिस भई विभिन्न शिक्षालयमा नियम पुर्वक भर्ना भएको विद्यार्थीहरुको नाम सार्वजानिक गर्नुपर्ने सहितका पाँच सुत्रिय मांग उनीहरुले गरेको छ ।
सिटिईभिटी मधेश प्रदेशका प्रमुख नागेन्द्र साहलाई मँगलबार ज्ञापन पत्र बुझाउँदै नेपाल विद्यार्थी संघले विभिन्न मांग राख्दै मांग पुरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी दिएको छ ।
संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिले एक प्रेश बिज्ञप्ती जारी गर्दै विभिन्न पाँच सुत्रिय मांग गरेको छ ।
माग पुरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी समेत दिइएको संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिका संयोजक गोइतद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…