न्यूज ब्यूरो, जनकपुरधाम । ५ बर्षको अन्तरालमा ३५ पटक श्रीमान र छोरालाई छाडेर एक महिला घरबाट भागेपछि श्रीमान पीडामा छन् ।
छिमेकी मुलुक भारतको बिहारको कैमुरस्थितको यो घटनाले जोकोहीलाई पनि सोच्न
न्यूज ब्यूरो, जनकपुरधाम । ५ बर्षको अन्तरालमा ३५ पटक श्रीमान र छोरालाई छाडेर एक महिला घरबाट भागेपछि श्रीमान पीडामा छन् ।
छिमेकी मुलुक भारतको बिहारको कैमुरस्थितको यो घटनाले जोकोहीलाई पनि सोच्न बाध्य बनाउँछ तर यो घटना यथार्थ हो । तपाई प्रायः सुन्नुभएको होला की एक आमा आफ्नो पति र सन्तानको लागि जोकोहिसँग पनि लडन तयार हुन्छिन तर एक महिलाले छोराछोरी र श्रीमानलाई छाडेर ५ बर्षमा ३५ पटक भागेको खवर छ ।
५ बर्षमा ३५ पटक घरबाट भागेपनि परेशान श्रीमानको आफ्नो श्रीमतिप्रतिको माया प्रेम भने कम भएको छैनन् । आफ्नो श्रीमतिसँग परेशान पुरुषले छोराछोरीलाई काँखमा लिएर मदतको हारगुहार लगाउन थालेका छन् ।
जानकारी अनुसार, भारत विहारको कैमुर स्थित एक महिला आफ्नो श्रीमानलाई छाडेर घरबाट ५ बर्षमा करिब ३५ पटक भागिसकेकी हुन् । हरेक पटक श्रीमानले प्रहरीसँग मदत मागेर श्रीमतिलाई खोजेर ल्याउँदै गरेका छन् । तर, यसपाली जति खोजेपनि भेटाएनन् ।
यो घटनामा सबभन्दा पीडादायक यो छ की श्रीमानले ६ बर्षिय छोरीलाई काँखमा लिएर सहयोगको हारगुहार गरिरहेको छ । उनकी छोरी आफ्नी आमाबाट कैयौँ दिनदेखि टाढा छिन् ।
अहिले श्रीमानले दुई बच्चासहित श्रीमतिको पोष्टर टाँसेर जहाँजहाँ सहयोग माग्दै हिडेका छन् । उनले लेखेका छन्, हाम्रो देश स्वतन्त्र हो, तर पुरुष स्वतन्त्र होईन ।
भारतीय मिडियाका अनुसार, पीडित पुरुषको नाम कृष्णा मुरारी रहेको छ । उनी बिहारको कैमर जिल्लाको रामगढ थाना क्षेत्रको डहरक निवासी हुन् । उनको बिहे २०१७ साल नोभेम्बर १७ तारिखको भएको थियो । उनी पहिलो पटक आफ्नो छोरालाई ब्लेड हानेर पहिलो पटक २०१८ सालमा भागेकी थिईन् ।
७ महिना अगाडी एक छोरी भएपछि उनीहरु बनारस गएका थिए । जब मुरारी घर फिर्ता भए उनी घर बन्द गरेर छोरीको घाँटी थिचेर मार्ने प्रयास गर्दै श्रीमानलाई नै फँसाउन धाकधम्की दिएकी थिईन् ।
एक पटक श्रीमान उपर नै काठ काटने हतियार प्रहार गरी श्रीमानलाई बेहोस बनाई भागिन् । उनको आँखामाथि ४ टाँका लगाईएको बताईएको छ ।
विभिन्न समयमा श्रीमानलाई झुठो मुद्दा लगाएर फँसाएकी श्रीमतिले प्रहरी र गाउँलेको पँचायतमा श्रीमानसँगै बस्ने बताएकी थिईन् । उनी कैयौँ पटक भागीसकेकी थिईन् । आफूसँग आमाबुवा, भाई, बहिनी कोही पनि नरहेको बताएका छन् । उनलाई बच्चा लालनपालनको लागि अधिक समस्या भएको बताएका छन् ।
उल्टै श्रीमान उपर प्राताडना, पीडाको मुद्दा दिएर आफैँ भागेकी हुन् । कृष्णा मुरारी भिख मागेर मुद्दा लडिरहेका छन् भने आफ्नो दुई सन्तानलाई समेत पालिरहेका छन् । उनले पुरुष हिंसाको शिकार भएको बताएका छन् ।