धनुषा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट मन्त्री महतोलाई हराउँदै पूर्वमेयर महतो बने प्रदेश साँसद
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश सरकारका मन्त्रीलाई हराउँदै पूर्व मेयर प्रदेश साँसद बनेका छन् । निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट चुनाव लडेका मधेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतोलाई धनुषाको मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोले परा

२०७९ मंसिर १३ मंगलबार, बिहान ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश सरकारका मन्त्रीलाई हराउँदै पूर्व मेयर प्रदेश साँसद बनेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट चुनाव लडेका मधेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतोलाई धनुषाको मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोले पराजित गरेका छन् ।
प्रदेश साँसदको लागि एमालेका हरिनारायण महतोले एकिकृत समाजवादी पार्टीका सत्रुधन महतोलाई १ हजार ३ सय ४२ मतले पराजित गरेका छन् ।
प्रदेशसभामा निर्वाचित हरिनारायणले १७ हजार ३०२ मत प्राप्त गरेका छन् भने सतारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधनले १५ हजार ९६० मत ल्याएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…