सिरहाबाट प्रदेशसभामा एमालेका राजेन्द्र विजयी
न्यूज ब्यूरो, सिरहा। सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्य (क) मा नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी निर्वाचित भएका छन् । चौधरीले सत्ता गठबन्धनका उम्मेदवारलाई १७१ मतले पछि पार्दै सिरहा १ प्रदेश सभा (क) बाट निर्वाचित भएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका राजेन

२०७९ मंसिर ८ बिहीबार, बेलुकी ६:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्य (क) मा नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी निर्वाचित भएका छन् ।
चौधरीले सत्ता गठबन्धनका उम्मेदवारलाई १७१ मतले पछि पार्दै सिरहा १ प्रदेश सभा (क) बाट निर्वाचित भएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका राजेन्द्र प्रसाद चौधरी ११७२१ मत प्राप्त भएको छ ।
उनको प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार महतोले ११५५० मत मात्र प्राप्त भएको छ ।
यस्तै जनमत पार्टीका अमिरी यादवले ३६८२ मत प्राप्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…