न्यूज ब्यूरो, जनकपुरधाम । गत मँसिर ४ गते सम्पन्न प्रतिनीधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि अहिले देशको विभिन्न स्थानमा मतगणना जारी रहेको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पनि जारी रहेको छ । विहान ६ बजेसम्मको ताजा मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण यादवले अग्रता लिएका छन् ।
बुधबार रातीसम्म एमालेका उमाशँकर अरगरियाले अग्रता कायम राख्दै आएकोमा अबेर रातीदेखि काँग्रेसका रामकृष्ण यादवले अग्रता लिएका हुन् ।
गएराती १० बजे आएको मतपरिणामले ३५० मतले अग्रता लिँदै आएका रामकृष्ण यादव विहिबार विहान ६ बजेसम्मको मतपरिणाम अनुसार ३७८ मतले अग्रता कायम राखेका छन् ।
काँग्रेस (गाछी छाप) बाट रामकृष्ण यादवले १०७८३ मत ल्याएका छन् भने एमाले (सुर्य छाप) का उमाशँकर अरगरिया १०४०५ मत ल्याएका छन् ।
यस्तै, सोही दौडमा नेकपा एकिकृत समाजवादी पार्टी (कलम छाप) बाट नेता रामचन्द्र झा भने तेस्रो स्थानमा रहेका छन् । उनले अहिलेसम्म ९०८७ मत प्राप्त गरेका छन् ।
त्यही जनता समाजवादी पार्टी (छाता छाप) बाट गँगाराम यादव चौथो स्थानमा रही ६६१५ मत ल्याएका छन् भने हौरन छापबाट जयनारायण साह ५६७८ मत ल्याएका छन् ।
अहिले धनुषाको शहिदनगर नगरपालिका, कमला नगरपालिकाको पूर्ण गन्ती भई जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर ४ सम्म गन्ती भएको जानकारी प्राप्त भएको छ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…