धनुषा निर्वाचन क्षेत्र नं. २ (क) मा सूर्यलाई उछिन्दै लाउडस्पीकर छापको अग्रता
अहिलेसम्म शहिदनगर नगरपालिकाको वडा नं. ३, ६, ७,८,९ र कमला नगरपालिकाको वडा नं. १, २ र ३ को मतगणना सम्पन्न भएको हो ।

२०७९ मंसिर ६ मंगलबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को ताजा परिणाम अनुसार प्रदेश साँसद तर्फ जनमत पार्टीका दिपेन्द्र तेथवार अगाडी भएका छन् ।
साँझ ५ बजेसम्मको मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नम्बर २ को (क) मा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवारी दिएका दिपेन्द्र तेथवार एमालेलाई उछिन्दै अग्रता लिएको छ ।
मतपरिणाम अनुसार अहिलेसम्म भएको मतगणनामा लाउडस्पीकरको १६९४ मत, सूर्यको १२१९ मत, कलम छापको ११०३ मत र साईकल छापको ५७१ मत रहेको छ ।
केही समय अगाडी सूर्य छाप अगाडी रहेकोमा सूर्यलाई उछिन्दै जनमतको हर्नले अग्रता लिएको हो ।
अहिलेसम्म कमला नगरपालिकाको वडा नं. १, २ र ३ को मतगणना सम्पन्न भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…