सिरहामा उम्मेदवारहरू आचारसंहिताको धजिया उडाउँदै, ' डिजे आतंक'
सिरहामा उम्मेदवारहरुको डिजे आतंक, ध्वनी प्रदुषणले सुत्न पाउँदैनन सर्वसाधारण

२०७९ कार्तिक २९ मंगलबार, राति ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । देश भर लगायत सिरहा जिल्लामा पनि अहिले चुनावी माहोल छ। अहिले उम्मेदवारहरू गाउँ–गाउँमा घरदैलो गर्दै छन्।
जिल्लाको विभिन्न स्थानमा उम्मेदवारहरू आफ्नो चुनावी प्रचार प्रसारको गीत बजाएर अबेर रातिसम्म चर्को साउण्डमा डिजे (बाजा) मा बजाएर गाडी गाउँ गाउँमा घुमाउने गरेको पाइएको छ।
सिरहाको मुख्य ठाउँ मध्ये पूर्व पश्चिम राजमार्गमा पर्ने नयाँ चोहर्बा चोक पनि एक हो । जहाँ सो क्षेत्रका उम्मेदवारहरुले अबेर रातीसम्म डिजे घन्काउँदा स्थानीयहरु आजित भएका छन् ।
सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका काशिन्द्र यादव, जसपाबाट उम्मेदवारी दिएका बीरेन्द्र महतो, जनमतका बीरेन्द्र साह, काँग्रेस, समाजवादी, लोसपा, माओवादी गठबन्धन लगायतका उम्मेदवारहरुको डिजे आतँकले स्थानीयहरु आजित भएका छन् ।

डिजेमा चर्को साउण्डमा चुनावी गीत बजाएर स्थानीयहरु आजित बनाएको छ । निर्वाचन आयोगले सो निषेध गरेपनि स्थानीय प्रहरी प्रशासनले समेत केही गर्न सकेको छैनन् ।
केही दिन अगाडी सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले यस्ता प्रकारको विकृति र निर्वाचन आचारसंहिता विपरितको कार्यहरुमा निगरानी गर्ने भनेपनि कार्यन्वयन भने शून्य देखिएको छ ।
बिहान देखि अबेला राति सम्म चर्को साउण्डमा डिजे बजाएर विभिन्न राजनीतिक दल, स्वतन्त्र उम्मेदवारहरू प्रचार प्रसार गरिरहेको पाइएको छ।

स्वतन्त्र उम्मेदवार, जसपा, नेकपा माउबादी, जनमत पार्टी लगायत अन्य राजनीतिक दलहरूले डिजे बजाएर आचार संहिता विपरित डिजे आतंक मचाएको स्थानीहरू गुनासो समेत गरिरहेको छ।
निर्वाचन आचार संहिता, २०७९ (पहिलो संसोधन) को परिच्छेद–४ राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने को बुंदा १३ को (ण) मा निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्न जादा बाजा गाजा सहित न जान नहुने व्यवस्था रहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…