आफ्नो क्षेत्रमा शिक्षा सुधारको नमुना कार्यहरु गरेको छु, जनता मलाई पत्याउँछः राम अशिष यादव
शिक्षा सुधार अभियानको सँकल्प लिएका समाजसेवी समेत रहेका उम्मेदवार रामअशिष यादवले आफ्नो क्षेत्रमा पोखरी सौन्दर्यीकरण, वातावरण हरियाली अभियानलाई पनि उतिकै तिव्रता दिएका थिए । साँसद हुँदा उनले आफनो क्षेत्रको विभिन्न स्थानमा वृक्षारोपण, किसानलाई राहत, पोखरी सौन्दर्यीकरण, विद्यालय सुधार, बालबालिकालाई प्रोत्साहन लगायका कार्यहरु गर्दै आएका छन् ।

२०७९ कार्तिक २९ मंगलबार, बिहान ११:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट जनता समाजवादी पार्टीका उम्मेदवार राम अशिष यादवले आफू साँसद हुँदा क्षेत्रमा सबभन्दा बढी शिक्षा सुधारको कार्यहरु गरेकोले जनता पत्याउने दाबी गरेका छन् ।
यही मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक उम्मेदवारी दिएका यादवले आफ्नो क्षेत्रमा ५ बर्षको अवधीमा शिक्षाको नमुना कार्यहरु गरेको बताएका छन् ।

प्रदेश साँसद हुँदा संसदीय विकास कोष मार्फत क्षेत्रको हरेक गाउँमा समुदायिक भवन निर्माण, पक्की सडक निर्माण गर्नुको साथै सबभन्दा अधिक लगानी विद्यालय क्षेत्रमा गरेको बताए ।
उनले टिल्ही, पौडेश्वर, कनकपटिट्, औरही, चक्कर, यदुकूहा, ननुपटिट्, बालगँगा लगायतमा विद्यालयको अवस्थामा व्यापक सुधार गरेको बताए । उनले जनतालाई चाहेको विकास दिन पूर्ण सफल नभएपनि मनोभावना बमोजिम विकास निर्माणको कार्यहरु गरेर देखाएको बताए ।

“यस क्षेत्रका जनताहरुमा मप्रति बेग्लै उत्साह छ । गत २०७४ सालको चुनावमा म निर्वाचित भएपछि आफ्नो क्षेत्रमा नियमित रुपमा जनतासँग भेटघाट गर्दै आएको छु । कोही नेता जितेर गएपछि पुनः फर्केर आएनन भन्ने थेगो जनतामा छाडेको छैन् । त्यसैले जनता मलाई पत्याउँछन् ।”
शिक्षा सुधार अभियानको सँकल्प लिएका समाजसेवी समेत रहेका उम्मेदवार रामअशिष यादवले आफ्नो क्षेत्रमा पोखरी सौन्दर्यीकरण, वातावरण हरियाली अभियानलाई पनि उतिकै तिव्रता दिएका थिए । साँसद हुँदा उनले आफनो क्षेत्रको विभिन्न स्थानमा वृक्षारोपण, किसानलाई राहत, पोखरी सौन्दर्यीकरण, विद्यालय सुधार, बालबालिकालाई प्रोत्साहन लगायका कार्यहरु गर्दै आएका छन् ।

गँगासागर सफाई अभियानका सँयोजक समेत रहेका उम्मेदवार यादवले रँगविरँगी उम्मेदवारको बीचमा जनताले जसपाको तर्फबाट छाता छापमै मतदान गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…