सिरहा क्षेत्र नं. २ (क) मा बिजय यादवको दबदबा अझै कायमै
आईतबार सो क्षेत्रको नवराजपुर गाउँपालिकामा घरदैलो गर्दै सँचारकर्मीसँगको कुराकानीमा उम्मेदवार यादवले यसअघिको चुनावमा आफू अधिक मतान्तरले विजयी भएको दाबी गर्दै जनताले खोजेको विकासको अनुभूति गराउँदै अन्य उम्मेदवारलाई नपत्याउने दाबी उनले गरे ।

२०७९ कार्तिक २७ आइतबार, बेलुकी ५:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभाका उम्मेदवार विजय यादवको दबदबा अझै कायम रहेको दाबी गरिएको छ ।
गत वि.सं. २०७४ सालको चुनावमा अधिक मतान्तरले विजयी भएका विजय यादवले यस अन्तरालमा आफ्नो निर्वाचन क्षेत्रमा गरेको विकास निर्माणको कार्यले त्यहाँका जनता उनीप्रति साकारात्मक छन् ।
मधेश प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा, कृषि मन्त्री हुँदा उनले अन्यभन्दा आफ्नो क्षेत्रमा सबभन्दा अधिक बजेट प्रवाह गरेको भन्दै त्यहाँका जनताहरुले उनीप्रति अझै साकारात्मक छन् ।
जनता समाजवादी पार्टी(जसपा) नेपालबाट प्रदेश साँसदको लागि उम्मेदवारी दिएका विजय यादवप्रति त्यहाँका मतदाताहरु साकारात्मक सँकेत देखाएपछि उनी आफू पुनः निर्वाचित हुने दाबी समेत गरे ।

बरियारपट्टि गाउँपालिका, नवराजपुर गाउँपालिका र औरही गाउँपालिकामा पनि जसपाकै स्थानीय सरकार रहेकोले उनलाई प्रदेशसभा चुनावमा प्रत्यक्ष फाईदा भएको दाबी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँगको गठबन्धनले यादवलाई झन थप बलियो भएको उनले सुनाए ।
आईतबार सो क्षेत्रको नवराजपुर गाउँपालिकामा घरदैलो गर्दै सँचारकर्मीसँगको कुराकानीमा उम्मेदवार यादवले यसअघिको चुनावमा आफू अधिक मतान्तरले विजयी भएको दाबी गर्दै जनताले खोजेको विकासको अनुभूति गराउँदै अन्य उम्मेदवारलाई नपत्याउने दाबी उनले गरे ।
साँसद, साँसदबाट मन्त्री भएर पनि आफ्नो क्षेत्रमा निरन्तर आवतजावतसहित स्थानीय तहहरुको विभिन्न वडामा समुदायिक भवन, कृषिमा क्रान्ती, सडक बाटो निर्माण, मठ मन्दिर सौन्दर्यीकरण, आँप खेती, केराखेती, तरकारी खेती तर्फ किसानलाई अधिक भन्दा अधिक सहुलियत दिएको स्मरण गराउँदै जनतालाई अझै खाँचो भएको अवस्थामा यसपाली परिपूर्ति गरिदिने सुनाए ।
गत चुनावमा तत्कालिन नेकपा तथा हाल गठबन्धनबाट उम्मेदवार बनेका प्रत्यासी उम्मेदवार जीवछ यादव पुनः उनको प्रतिद्धन्द्धी रहने सँकेत देखिएपनि डा. सिके राउत नेतृत्वको जनमत पार्टीको उम्मेदवारले समेत आफ्नो माहौल सृजना गर्न थालेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…