कमला स्नानको बेला पशुबली प्रदान गर्नु दुःखदः महन्थ यादव
कमला बचाउ अभियानका संयोजक बिक्रम यादवको अध्यक्षता तथा कमला अभियानी एवम पुर्व मेयर उदय कुमार बरबरिया, मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलको विशिष्ट आतिथ्यमा महाआरती गरी चौथो वार्षिकोत्सव मनाइएको हो ।

२०७९ कार्तिक २३ बुधबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियानको चौथो वार्षिकोत्सवको अवसरमा अग्नी कुण्ड मन्दिरका महन्थ नवलकिशोर यादवले कमला स्नानको बेला बलिप्रदान गर्नु दुःखद रहेको बताए ।
कमला नदीको रामघाटमा महाकमला आरती गर्ने क्रममा उनले कार्तिक पूर्णिमा स्वच्छ र पवित्र दिनमा कमला स्नानकै बेला नदीमा बली प्रदानले परम्परालाई पनि असर पुरयाएको बताए ।
उनले भाकल भएको श्रद्धालुले अन्य दिनमा भाकल पूरा गर्ने प्रसस्त समय भएपनि विभिन्न जिल्लाबाट कमला नदीमा स्नानको लागि आउने श्रद्धालुहरुको बीच पशुवली अनुचित भएको बताए ।
कमला बचाउ अभियानका अभियानी विक्रम यादवलाई उनले कमला बचाउ अभियान मार्फत कार्तिक पूर्णिमाको दिन बलिप्रदान कार्यक्रम नगर्ने भनी सचेतना फैलाउन आग्रह गरे ।
विगत चार वर्षदेखि निरन्तर सफलतापूर्वक सँचालनमा रहेको कमला बचाउ अभियानको चौथो वार्षिकोत्सवको अवसरमा शहिदनगर नगरपालिका वडा नं. २ को रामघाटमा महाकमला आरती गरी चौथो वार्षिकोत्सव मनाइएको हो ।

मँगलबार बिहान कार्तिक पूर्णिमाको दिन मनाइएको सो वार्षिकोत्सवको क्रममा महन्थ यादवले बलीप्रदान हिन्दु परम्परा अनुसार उचीत भएपनि कमला स्नानको दिन नदीमा हजारौ श्रद्धालुहरु, वैष्णव, साधु सन्तहरु नुहाउने भएकोले यसलाई व्यवस्थापनप्रति ध्यान दिन आग्रह गरे । उनले बली प्रदान कार्यक्रमलाई एक ठाउँमा व्यवस्थापन गर्न सकने उत्तम हुने विकल्प सुझाए ।
कमला बचाउ अभियानका संयोजक बिक्रम यादवको अध्यक्षता तथा कमला अभियानी एवम पुर्व मेयर उदय कुमार बरबरिया, मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलको विशिष्ट आतिथ्यमा महाआरती गरी चौथो वार्षिकोत्सव मनाइएको हो ।
सो क्रममा कमला अभियानी सुरेन्द्र यादवले कमला नदीको महिमा उपर लेखिएको पुस्तक बिमोचन गरि बार्षिक उत्सव सम्पन्न गरेका छन ।
कार्यक्रममा हजारौं श्रद्धालु भक्तजन कमला अभियानीहरुमा बिनोद महरा,बिरेन्द्र यादव, राजकिशोर सल्हैता, श्याम कुमार महतो,समाजसेवी प्रभु दयाल जलान,हरिनारायण साह,पत्रकार अबधेस कामत, प्रमोद साह, अर्जुन मण्डल, नरेशचन्द्र बरबरिया लगायत हजारौं श्रद्धालु भक्तजनहरुको सहभागी रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…