भविष्य र प्रकृतिप्रति मोनाष्टिकको प्रयास प्रशंसनीय छः राजदुत युसुफ
न्यूज ब्यूरो, जनकपुरधाम । गुणस्तरीय शिक्षाको लागि चिरपरिचित जनकपुरधामको मोनाष्टिक स्कूलले प्रकृति संरक्षणको लागि लिएको अठोटलाई प्रशंसा गरिएको छ । नेपालको लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हइल ( H. E. Yusuf Bin Mohammad Al Hail )ले शिक्षा क्षेत्रको गुणस्तरीयता मात्र नभई प्रकृति संरक्षण मार्फत भ

२०७९ कार्तिक २१ सोमबार, दिउँसो १२:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गुणस्तरीय शिक्षाको लागि चिरपरिचित जनकपुरधामको मोनाष्टिक स्कूलले प्रकृति संरक्षणको लागि लिएको अठोटलाई प्रशंसा गरिएको छ ।
नेपालको लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हइल (H. E. Yusuf Bin Mohammad Al Hail )ले शिक्षा क्षेत्रको गुणस्तरीयता मात्र नभई प्रकृति संरक्षण मार्फत भविष्यको सन्तती जोगाउन विद्यालयको प्रयास प्रशंसनीय भएको बताए ।
जनकपुरधामस्थित रहेको मोनाष्टिक स्कूलले आयोजना गरेको दुई दिने “ 1st National Convention on Environment” कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राजदुत युसुफले मोनाष्टिक माविले पुर्याएको योग्दानको कदर गर्दै प्रकृति संरक्षणको लागि बालबालिकाहरुलाई नै विभिन्न माध्यमबाट अघि सानुपर्ने आवश्यकता औल्याए ।
उनले स्कूल लेभलदेखि नै बालबालिकाहरुलाई प्रकृतिको महत्व, प्रकति संरक्षणको उपाय, संरक्षणको कारणको बारेमा एक अध्यायय राखे पृथ्वीको जीवजन्तुले पनि राहतको सांस लिने बताए ।
उनले दिनानुदिन प्रकृतिमाथि मानिसहरुले प्रहार गर्दा वातावरण विनास हुंदै गएको अवस्थामा बालबालिकाहरुलाई वातावरण संरक्षण्को लागि गराइएको व्यवहारिक कन्भेन्सन मार्फत ठुलो टेवा पुग्ने बताए ।
सो कार्यक्रममा काठमाडौं, भक्तपुर, तनहु, भैरहवा, सिमरा, हेटौडा, झापा र धनुषा जनकपुरका गरि २० वटा विद्यालयका प्रध्यानाध्यापक, शिक्षक एवम् दुई सय (२००) विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कार्यक्रमको विषयवस्तु ‘भविष्यका सन्तानको लागि प्रकृतिको संरक्षण’ रहेको सो कार्यक्रममा चारवटा विषयवस्तुहरु समावेश गरिएको थियो । जसमा प्रकृतिको संरक्षण सम्बन्धमा माटाका समाग्रिहरु निर्माण र प्रदर्शनीमा प्रतिस्पर्धा गराइएको थियो ।
सो प्रतिस्पर्धामा ईस्ट हरिजन स्कूल झापाले प्रथम स्थान, मोनाष्टिकले दोस्रो स्थान र राष्ट्रिय विभूति समुदायिक शिक्षा सदन सिमरा (बारा) ले तेस्रो स्थान प्राप्त गरेको थियो ।
यसैगरि कोलेबरेटिभ आर्टस एण्ड कलेजमा मोनाष्टिक स्कूलले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो भने महेन्द्रनगरको दर्शनिया आरएसके एकेडमीले दोस्रो स्थान प्राप्त गरेका थिए । तेस्रो भने झापाको फक्तालुंग स्कूलले प्राप्त गरेको आयोजक स्कूलका प्रबन्धक निर्देशक डा. सोनु साहले जनाए ।
यस्तै, स्पीच प्रतिस्पर्धामा झापाको मोडेल स्कूल प्रथम स्थान, मोनाष्टिक सिनियर “सि” र दोस्रो स्थान मोनाष्टिककै जुनियर “ए” जनकपुर र हेटौडाको नर्वाेदय विद्यालयले प्राप्त गरेको थियो । तेस्रो भने स्मारिका पब्लिक स्कूल झापाले ल्याएको हो ।
त्यसैगरि अन्तिम विषयवस्तु अन्तर्गत पेपर प्रेजेन्टेशनमा प्रथम स्थान ल्याउने स्मरिका स्कूल झापा, दोस्रो स्थान ल्याउने नर्वोदय स्कूल हेटौडा र मोनाष्टिकले तेस्रो स्थान ल्याएको थियो ।
सो कन्भेन्सन च्याम्पीयनसीपमा हेटौडाको नर्वोदय स्कूलले बिजेता बन्न सफल भएको हो । सो कार्यक्रममा आयोजक रहेको मोनाष्टिक स्कूलका विद्यार्थीहरुले मैथिली र वातावरण मैत्रि गित तथा नृत्य प्रस्तुत गरि सहभागि सवैजनालाई मनोरञ्जन प्रदान गराएका थिए ।
सो कार्यक्रममा विशिष्ट अतिथि स्कोटल्याण्डका रिसर्च वैज्ञानिक अल्बाले सो कन्भेन्सनको क्रममा विद्यार्थीहरुले देखाएजस्तै दैनिक व्यवहारमा उतारेका खण्डमा भविष्यमा प्रकृतिको संरक्षण भई सन्तानहरुले सुख र शान्तिसंग बाच्न पाउने भएकोले व्यवहारमा उतार्न आग्रह गरे ।
पर्यावरणीय संरक्षणमा मोनाष्टिक मा.वि. ले पु¥याउदै आएको योगदान र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा र धन्यवाद समेत दिए ।
.jpg)

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…