पार्टीको उम्मेदवारको प्रचार गरेको भन्दै एक वडाध्यक्षलाई ५ हजार जरिवाना
रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।

२०७९ कार्तिक १९ शनिबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनप्रतिनीधि भएर पार्टीको प्रचार प्रसारमा लागेको भन्दै निर्वाचन आयोगले एक वडाध्यक्षलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको हो ।
वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।
रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो ।
रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…