जनकपुरमा सडक विस्तार हुँदा १० अर्बको क्षति !
न्यूज ब्यूरो || जनकपुरधाम, ८ बैशाख । जनकपुरमा हाल भईरहेको सडक विस्तारको क्रममा करिब १० अर्ब बराबरको क्षति भएको जनाइएको छ । जनकपुर उपमहानगर भित्र निर्माणधिन एडीबी परियोजना अन्तर्गत सडक विस्तार गर्दा जनकपुरवासीले करिब १० अर्ब रुपैयाँको क्षति बेहोर्नुपर्ने भएको छ । सडक साँघुरो भएको भन्दै १२ सयभन्दा बढी

२०७५ बैशाख ८ शनिबार, बेलुकी ६:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ८ बैशाख । जनकपुरमा हाल भईरहेको सडक विस्तारको क्रममा करिब १० अर्ब बराबरको क्षति भएको जनाइएको छ ।
जनकपुर उपमहानगर भित्र निर्माणधिन एडीबी परियोजना अन्तर्गत सडक विस्तार गर्दा जनकपुरवासीले करिब १० अर्ब रुपैयाँको क्षति बेहोर्नुपर्ने भएको छ ।
सडक साँघुरो भएको भन्दै १२ सयभन्दा बढी घर भत्काइएका छन् । त्यस्तै, ५ सयभन्दा बढी घरको छानो, बार्दली र पर्खाल भत्काइएको छ ।
शिव चोकबाट भानु चोकसम्म उपमहानगरपालिकाले डोजर लगाएर अढाई सयभन्दा बढी घर तथा पसल अगाडिका भाग भत्काएको हो । व्यापारिक केन्द्र रहेको यो क्षेत्रमा जग्गाको मूल्य करोडौं पर्छ ।
जनकपुर सुनचाँदी बजारमा पनि करोडौं मूल्य पर्ने सयभन्दा बढी घर भत्काउने काम भइरहेको छ । उपमहानगरपालिकाले डोजर लगाउने त्रास बढेपछि कतिपय घरधनी आफैंले कामदार खटाएर घर भत्काइरहेका छन् ।
स्थानीले बिनामुआब्जा सडक विस्तार कार्यमा योगदान गरिरहे पनि उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउनेको नाम र विवरण टिपोट गरेको छैन ।
‘विवरण संकलन गर्ने जिम्मेवारी हाम्रै हो तर कामको चापले गर्दा जग्गा दिनेको नाम संकलन गर्न सकेनौं’, इन्जिनियर वीरेन्द्र यादव भन्छन्, ‘यो हाम्रो त्रुटि हो ।’
उनका अनुसार सडकको दायरामा पर्ने घर र पसलमा नाप–नक्सा लिई रातो चिह्न लगाएर भत्काइने गरिएको छ ।
सडक विस्तारका क्रममा घर–पसल नै भत्काइएपछि यो वर्ष पनि व्यापार ठप्प हुने जनकपुर उद्योग वाणिज्य महासंघका महासचिव जितेन्द्र महासेठ बताउँछन् ।
भन्छन्, ‘सडक विस्तारका लागि योगदान दिनेहरूको नामावलीसमेत नगरपालिकासँग नहुनु सर्वसाधारण जनताको अवमूल्यन हो ।’
एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत १ अर्बभन्दा बढी लगानीमा ९।२९ किलोमिटर सडक मर्मत र नाला निर्माण भइरहेको छ ।
१६ मिटर चौडा सडकमा परिक्रमा सडक, विमानस्थलबाट रेलवे स्टेसन छ । १३ मिटरको सडकमा कदम चोकबाट रामानन्द चोक, जानकी मन्दिरको सडक छ ।
अर्कातर्फ सहरी विकास तथा भवन निर्माण कार्यालयको ८३ करोड लागतमा २७ किलोमिटर सडक निर्माण भइरहेको छ । ‘विकासका लागि केही विनाश त हुन्छ नै ।
हुन त जनताले अहिले अर्बौंको क्षति बेहोर्नुपरिरहेको छ तर सडक साँघुरो हुँदा सबैभन्दा बढी घाटा पनि व्यापारीलाई नै भएको थियो’, सडक डिभिजन प्रमुख गंगालाल यादव भन्छन्, ‘नालाको व्यवस्था नहुँदा सडकमै पानी जम्ने, नगर क्षेत्र अस्तव्यस्त हुने अवस्था थियो ।
यस्तोमा सडक चौडा भयो भने दीर्घकालीन रूपमा जनकपुर सुन्दर र व्यवस्थित हुनेछ । यसको फाइदा जनकपुरवासीलाई नै हुनेछ । अन्नपूर्ण पोष्ट अनलाईनमा मनिका झाले समाचार लेखेकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…