कमला नगरपालिकामा विद्यालयहरु अनिश्चितकालको लागि बन्दको निर्णय
वडाध्यक्षहरु समेत दुई कित्तामा विभाजन भएपछि कमला नगरपालिका अझै सँचालन हुन सकेको छैनन् । तीन वटा वडाले मात्र अहिलेसम्म योजना नदिएपछि कुनै योजना प्रविष्ट हुन नसक्दा शिक्षकहरुले भोकै बस्नु परेको हो ।

२०७९ असोज ३१ सोमबार, बिहान ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाभित्रको समुदायिक विद्यालयहरु अनिश्चितकालिन बन्दको चेतावनी शिक्षकहरुले दिएका छन् ।
आईतबार कमला नगरपालिकाभित्रको समुदायिक विद्यालयहरुको शिक्षकहरुको सँयुक्त बैठकले समयमा तलबभत्ता नदिए विद्यालयहरुको पठनपाठन अनिश्चितकालिन बन्द गर्ने निर्णय गरेको हो ।
विभिन्न विद्यालयहरुबाट शिक्षक सँघसँगठनका पदाधिकारीहरुको बैठकबाट तीन बुँदे निर्णय गरेको हो । उनीहरुले समयमा तलब भत्ता पाउने तुक नदेखिएपछि तिहार र छठ पर्वको विदापछि विद्यालयहरु अनिश्चितकालिन बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षकहरुले चालु आर्थिक वर्षको प्रथम चौमासिकको तलब भत्ता दुई दिन भित्र उपलब्ध गराउनुपर्ने, निकासा नभएपछि कार्तिक २ गतेदेखि ४ गतेसम्म पेन डाउन गरी पठन पाठन गर्ने तथा विदा पश्चात पनि तलब भत्ता नदिए विद्यालयको सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
कमला नगरपालिकाको वडा नम्बर ५, वडा नं. ७ र वडा नं. ९ का वडाध्यक्षले दलगत स्वार्थ साधेपछि योजनाहरु सँचालन हुन सकेको छैनन् ।
वडाध्यक्षहरु समेत दुई कित्तामा विभाजन भएपछि कमला नगरपालिका अझै सँचालन हुन सकेको छैनन् । तीन वटा वडाले मात्र अहिलेसम्म योजना नदिएपछि कुनै योजना प्रविष्ट हुन नसक्दा शिक्षकहरुले भोकै बस्नु परेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…