सिरहाः काँग्रेसका एक नेताको टिकट खोसियो
प्रदेश सभा ४ (ख) मा रामबाबु यादव पाँचदलिय गठबन्धन , जसपा एमालेबाट सुरेश मण्डल , जनमतबाट सुरेश यादव उम्मेदवारी दिएका हुन् । सोही पाँच दलिय गठबन्धनबाट कपिलदेब साहलाई कांग्रेसबाट टिकट दिएको तर, लोसपाको फाँट पर्दा प्रधानमन्त्री एवंम नेपाली कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाले टिकट फिर्ता लिएको थियो ।

२०७९ असोज २८ शुक्रबार, बेलुकी ६:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा नेपाली काँग्रेसका एक नेताको टिकट खोसिएपछि समाजिक सँजालमा विवाद भएको छ ।
सिरहा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट कपिलदेव साहको टिकट खोसिएपनि उनले समाजिक सँजालमा आफू राजीनामा दिएको लेखेपछि शब्द युद्ध भएको छ ।
उनलाई प्रधानमन्त्री शेर बहादुर देउवाले दिएको टिकट पुनः खोसिदिएपछि राजीखुसी राजीनामा दिएको भनेर भ्रम फैलाएको हल्ला चलेको छ ।
साहलाई प्रदेश साँसदको लागि सिरहा ४ (ख) बाट दिएको टिकट फिर्ता लिएपछि उनले समाजिक सँजालमा आफू राजीखुसी राजीनामा दिएको बताएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत दिपेन्द्रनाथ योगीले साहको टिकट नै फिर्ता भएपछि उनी उम्मेदवारी नदिएको बताएका छन् ।
जसपा, एमाले गठबन्धन जसपाबाट बिरेन्द्र महतोले आफ्नो उम्मेद्बारी दिएका हुन । पाँच दलिय गठबन्धनबाट धर्मनाथ साह र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट बिरेन्द्र प्रसाद साहले आफ्नो उम्मेद्बारी गराएको हो ।
प्रदेश सभा ४ (ख) मा रामबाबु यादव पाँचदलिय गठबन्धन , जसपा एमालेबाट सुरेश मण्डल , जनमतबाट सुरेश यादव उम्मेदवारी दिएका हुन् ।
सोही पाँच दलिय गठबन्धनबाट कपिलदेब साहलाई कांग्रेसबाट टिकट दिएको तर, लोसपाको फाँट पर्दा प्रधानमन्त्री एवंम नेपाली कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाले टिकट फिर्ता लिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…