धनुषा निर्वाचन क्षेत्र नं १ मा जसपा र एमालेका उम्मेदवारको घरदैलो सुरु
घरदैलो कार्यक्रममा जसपा तर्फका साँझा उम्मेदवार दिपक कार्की प्रदेश (ख) का उम्मेदवार रामचन्द्र मण्डल संयुक्त रुपमा भोट माग्न सुरु गरेका छन् ।

२०७९ असोज २७ बिहीबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर १ नेकपा एमाले र जसपाको संयुक्त उमेदवारहरुले घरदैलो कार्यक्रम सुरु गरेको छ ।
आगामी मँसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनको लागि उम्मेदवारी दिएका जसपाका प्रतिनीधिसभा सदस्यका उम्मेदवार दिपक कार्की र क्षेत्र नं. १ (ख) उम्मेदवार रामचन्द्र मंडलले घरदैलो अभियान सुरु गरेको हो ।
सो क्रममा पहिलो दिन धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया–उतिमपुरबाट घरदैलो कार्यक्रम शुरु गरेका छन् ।
कार्यकर्ताहरु संग भेटघाट गर्दै आशीर्वाद समेत लिदै घरदैलो शुरु गरिएको प्रदेशसभा सदस्यका उम्मेदवार मण्डलले बताए।
घरदैलो कार्यक्रममा जसपा तर्फका साँझा उम्मेदवार दिपक कार्की प्रदेश (ख) का उम्मेदवार रामचन्द्र मण्डल संयुक्त रुपमा भोट माग्न सुरु गरेका छन् ।
संयुक्त उमेदवारलाई आफ्नो मत दिइ मत माग्दै घरदैलो गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…