सिरहाको लहानमा हिन्दु सम्राट सेनाको महा-रयाली
मोटरसाईकल रेयाली लहान नगरपालिका वडा नम्बर १ सिंहराही स्थित नयाँ बसपार्कबाट शुभारम्भ गरि लहान वडा नम्बर १०( ग्रामीण चौक) सम्म गएर लहानको २ नम्बर रोड हुदै लोकराजमार्गमा पुगेर पुनः बसपार्कमा कोणसभा गरेको थियो ।

२०७९ असोज २६ बुधबार, राति ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्ला लहानस्थित हिन्दु सम्राट सेनाले महा रयाली निकालेको छ ।
सिरहाका बजार क्षेत्र रहेको लहानमा हिन्दु धर्मसँग आस्था राख्ने हिन्दुवादीहरुको सँगठन हिन्दु सम्राट सेनाले रयाली निकालेको हो ।
उनीहरुले नेपाललाई हिन्दु राष्ट्रय काम गर, हिन्दु धर्म सर्वोपरी भन्दै नारा लगाएका थिए । उनीहरुले मोटरसाईकलमा बसेर लहानको विभिन्न सडक गल्लीसहित राजमार्गमा रयाली गरेको हो ।
मोटरसाईकल रेयाली लहान नगरपालिका वडा नम्बर १ सिंहराही स्थित नयाँ बसपार्कबाट शुभारम्भ गरि लहान वडा नम्बर १०( ग्रामीण चौक) सम्म गएर लहानको २ नम्बर रोड हुदै लोकराजमार्गमा पुगेर पुनः बसपार्कमा कोणसभा गरेको थियो ।
हिन्दु सम्रट सेना का अध्यक्ष राजेश यादवको नेतुत्वमा निकालिएको सो मोटरसाईकल रयालीमा हजारभन्दा अधिक सेनाको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…