आफ्नै पार्टी एमाले विरुद्ध प्रभु बने 'बागी'
जसपाबाट एमालेमा आएका किरण शाह, लोसपा छाडेर आएका अजय गुप्ता, कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि प्रभुले बागी उम्मेदवारी दिन लागेका हुन् ।

२०७९ असोज २३ आइतबार, बिहान ९:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । केपी ओली नेतृत्वको नेकपा एमालेका नेता प्रभु साहले एमालेकै विरुद्ध बागी उम्मेदवारी दिने तयारी गरेका छन् ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रबाट एमाले पसेका प्रभु साहले एमालेबाट टिकट पाएपनि उनी रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनीधिसभा सदस्यमा बागी उम्मेदवारी दिने भएका छन् ।
उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन् ।
जसपाबाट एमालेमा आएका किरण शाह, लोसपा छाडेर आएका अजय गुप्ता, कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि प्रभुले बागी उम्मेदवारी दिन लागेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…