महिनाथपुर बोर्डरमा ईन्सपेक्टर पाण्डेको सर्च अपरेशन, भारी मात्रामा ड्रग्ससहित दुई जना पक्राउ
सो नाकाको बिओपी ईन्चार्जमा ईन्सपेक्टर पाण्डेले कडा निगरानी थालेका छन् । चाडपर्वको समयमा सीमा पारीबाट आउने सवारी र सीमा पारीसम्म जाने सवारी चेकजाँचमा समेत कडाई गरिएको छ ।

२०७९ असोज ७ शुक्रबार, राति ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको महिनाथपुर बोर्डरबाट गरिएको सर्च अपरेशनबाट भारी मात्रामा लागुऔषध बरामद गरिएको छ ।
सशस्त्र प्रहरीको महिनाथपुरस्थित रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपी महिनाथपुरबाट बिओपी ईन्चार्ज गणेश पाण्डेको कमाण्डको टोलीले सो लागुऔषध बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ८३०८ नम्बरको डिस्कोभर मोटरसाईकललाई चेकजाँचको क्रममा भारी मात्रामा लागुऔषध बरामद भएको बिओपी महिनाथपुरका ईन्सपेक्टर पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार, मोटरसाईकललाई शँका लागेर चेकजाँच गर्दा गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ गोदार बस्ने बर्ष १८ को सँतोष यादवले बोकेको सेतो झोलाभित्र NITRAZEPAM TABLETS IP (NITRAVAT-10)२० पत्ता (प्रति पत्ता ३० वटाका दरले ६०० वटा ट्याब्लेट), NITROSUNT-10५पत्ता (प्रति पत्ता १० वटाका दरले ५० वटा ट्याब्लेट), SPASMO-PROXYVON PLUS १२ पत्ता (प्रति पत्ता २४ वटाका दरले २८८ वटा क्याप्सुल) र Exiplon 100 ml.१९ बोत्तल(प्रति बोतल 100 ml. का दरले 1900 ml.) बरामद भएको हो ।
यादवको साथै धनुषाधाम नगरपालिका वडा नं. ९ बस्ने बर्ष २१ को महबुद खानलाई समेत पक्राउ गरी ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाएको ईन्सपेक्टर पाण्डेले जानकारी दिए ।
उनीहरुको साथबाट दुई थान मोबाईल, एक थान डिस्कभर मोटरसाईकललाई समेत नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय खजुरी पठाएको जनाइएको छ ।
सो नाकाको बिओपी ईन्चार्जमा ईन्सपेक्टर पाण्डेले कडा निगरानी थालेका छन् । चाडपर्वको समयमा सीमा पारीबाट आउने सवारी र सीमा पारीसम्म जाने सवारी चेकजाँचमा समेत कडाई गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…