आज राजपाले प्रथम वार्षिकोत्सव मनाउँदै
न्यूज ब्यूरो || जनकपुरधाम, ७ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले शुक्रबार आज विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ । २०७४ बैशाख ७ गते आधा दर्जन पार्टी मिलेर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो । महन्थ ठाकुरको संयोजकत्वमा गठन गरिएको राजपाको अध्यक्ष मण्डलमा राजेन्द्र महतो, शरतसिंह

२०७५ बैशाख ७ शुक्रबार, दिउँसो २:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ७ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले शुक्रबार आज विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ ।
२०७४ बैशाख ७ गते आधा दर्जन पार्टी मिलेर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो ।
महन्थ ठाकुरको संयोजकत्वमा गठन गरिएको राजपाको अध्यक्ष मण्डलमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झा रहेका छन् ।
६ वटै पार्टीका पदाधिकारीहरुलाई यथावत राखिएको छ । वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाण्डुको एक होटलमा कार्यक्रमको आयोजना गरिने भएको छ । 
संयोजक ठाकुर र अध्यक्ष मण्डल सदस्य महेन्द्र राय यादव स्वास्थ्य उपचारको क्रममा भारतमै रहेको भौतिक पूर्वाधार तथा विकासमन्त्री जीतेन्द्र सोनलले बताए ।
दुवै जनाको अनुपस्थितिमा पार्टीले वार्षिकोत्सव मनाउन लागेको हो । जनकपुर टुडेमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…