दशैँमा तलब भत्ताको माग गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारी धर्नामा 

२०७९ असोज ६ बिहीबार
बेलुकी ७:३४ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरुले तलब भत्ताको माग गर्दै धर्नामा बसेका छन् । 

दशैँ जस्तो चाडपर्वमा पनि नगरपालिकामा कार्यरत कर्मचारीको तलब भत्ता पाउने कुनै तुक नदेखिएपछि कर्मचारीहरु आन्दोलित भएका छन् । 

नगरपालिकाको आन्तरिक विवादले नगरसभा पारित हुन नसक्दा नयाँ खाता सँचालन नभएकोले कर्मचारीहरुलाई तलब भत्ता खान कठिनाई भएपछि धर्नामा बसेका छन् । 

नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु एक जुट भई स्थानीय सरकार विरुद्ध धर्ना दिएको छ । जनप्रतिनीधिहरुको आन्तरिक किचलोका कारण अझै नगरसभा पारित हुन नसक्दा समस्या भएको हो । 


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७९ असोज ६ बिहीबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus