कालो दिवस : माइतीघरमा संविधान जलाउने ५ जना पक्राउ
न्यूज ब्यूरो, काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए । सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान

२०७९ असोज ३ सोमबार, दिउँसो ३:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।
राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए ।
सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
पक्राउ पर्नेमा बारा घर भई थानकोट बस्ने २५ वर्षीय निश्चल अधिकारी, पर्वत घर भई बनस्थली बस्ने ४६ वर्षीय चन्द्रप्रकाश पौडेल, मकवानपुर घर भई धापासी बस्ने ४४ वर्षीय रमेश बानियाँ, धादिङ घर भई कोटेश्वर बस्ने ३२ वर्षीय सन्तोषकुमार सिलवाल र मकवानपुर घर भई कलंकी बस्ने १६ वर्षीय आषिक खतिवडा छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…