प्रदेशलाई असफल बनाउने षडयन्त्र भइरहेको छ : नीधि
न्यूज ब्यूरो || जनकपुरधाम, ७ बैशाख । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सरकार प्रदेशलाई असफल बनाउन लागेको आरोप लगाएका छन । उनले केन्द्र सरकारले प्रदेश सञ्चालका लागि दिनुपर्ने अधिकारहरुलाई सर्वसत्तावादको अहंकार देखाएर आफैसंग राख्न खोजेको आरोप लगाउदै अधिकारबाट बञ्चित गरेर संघीयता र प्रदे

२०७५ बैशाख ७ शुक्रबार, बिहान ९:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ७ बैशाख ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सरकार प्रदेशलाई असफल बनाउन लागेको आरोप लगाएका छन ।
उनले केन्द्र सरकारले प्रदेश सञ्चालका लागि दिनुपर्ने अधिकारहरुलाई सर्वसत्तावादको अहंकार देखाएर आफैसंग राख्न खोजेको आरोप लगाउदै अधिकारबाट बञ्चित गरेर संघीयता र प्रदेशलाई भत्काउने खेलमा वर्तमान सरकार लागेको आरोप लगाएका हुन् ।
नेपाल टूेड युनियन कांग्रेस धनुषाको छैठौ जिल्ला अधिवेशनको सपथ ग्रहण तथा पद हस्तान्तरण समारोहमा सम्वोधन गर्दै नेता निधिले भने – “प्रदेशमा मुख्यमन्त्री तथा गृहमन्त्री त छ तर, उसको हातमा न शासन छ नत प्रशासन नै, अनि प्रदेश सरकारले कसरी शासन सत्ता सञ्चालन गर्ने ? कसरी सरकारको भुमिकामा जनताले विश्वास गर्ने गठवन्धनले जानी वुझेर संघियता र संविधानलाई असफल बनाउनमा लागेको आरोप लगाउदै संघियताको सिद्धान्त अनुसार प्रदेश सरकारको अधिकार प्रदेश मातहतमा दिनुपर्ने तर त्यसको विपरित सरकारले अधिकार प्रत्योजना नगर्न षडयन्त्र गरेको आरोप लगाए ।
उनले भने – “सात वटै प्रदेशमा रहेको जिल्ला प्रहरी कार्यालय सहित उसको मातहतमा रहेका प्रहरी कार्यालयहरु तत्कालका लागि प्रदेश सरकारको मातहतमा दिनुपर्ने भनि मैले आवाज उठाए तर टेरपुच्छर लगाइएन ।” नेता निधिले प्रदेश सरकार नै संविधान कार्यान्वयनको पहिलो रुपरेखा रहेपनि अहिलेको सरकार भ्रमण खेतीमा लागेको आरोप लगाउदै मुख्य मुद्दा छाडेर रेल र पानी जहाज चलाउनमा व्यस्त रहेको भन्दै कटाक्ष गरे ।
वर्तमान सरकारले दिएको समृद्धिको नारा खराव नरहे पनि राजनीतिक संक्रमणको कार्य पुरा नभए सम्म समृद्धिको नारा दिनु मुखर्ता रहेको उनको भनाई थियो । नेता निधिले नेपाली कांग्रेसको केन्द्रिय वैठक सम्पन्न भएसंगै जिल्ला अधिवेशनको मिति तय गर्न समेत निर्देशन दिएका छन ।
नेपाल टेूड युनियन कांग्रेस धनुषाको वैशाख २ गते भएको निर्वाचनबाट २० सदस्यीय कार्यसमिति निवार्चित भएको थियो । त्यसैगरि २० सदस्यी प्रदेश प्रतिनिधी र १० सदस्यीय राष्टिूय माहाधिवेशन प्रतिनिधी समेत चयन गरिएको छ आजको न्यूज पेपर दैनिकमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…