जनताले मलाई विकल्पको रुपमा मागेको छः अध्यक्ष यादव 

२०७९ असोज १ शनिबार
रति ८:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले जनताले आफूलाई विकल्पको रुपमा माग गरेको बताएका छन् । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवारको लागि सिफारिस भएका अध्यक्ष यादवले यहाँका जनताहरुले अन्य नेतृत्वबाट आजित भएर आफूलाई विकल्पको रुपमा मागेको दाबी गरेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) को लागि प्रदेशसभा सदस्यको लागि पार्टीबाट सिफारिस भएपछि आन्तरिक चुनावी अभियानलाई तिव्रता दिएका यादवले यस क्षेत्रका जनताहरुले विकल्प खोजेको बताए । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) मा पोखरी सौन्दर्यीकरण, शिक्षा सुधार, विद्यालय सुधार, पार्क निर्माण लगायतका कार्यमा प्रत्यक्ष सहयोग पुरयाउँदै आएका अध्यक्ष यादवले यसअघिका नेतृत्वहरुले जनतालाई ठगेपछि आफूलाई विकल्पको रुपमा अघि सारेको बताए । 

आन्तरिक रुपमा चुनावी अभियानमा सक्रिय भएका यादवले धनुषाको जनकनन्दिनी गाउँपालिका, कमला नगरपालिका, शहिदनगर नगरपालिका, विदेह नगरपालिकाको वडास्तरसम्म पुगेर सँगठन निर्माणलाई तिव्रता दिएका छन् । 

यसअघिको नेतृत्वहरुले युवाको मनोभाव नै नुबझन नसक्दा अपेक्षाकृत रुपमा विकास निर्माणहरु हुन नसकेको स्वीकार गरे । उनले यस क्षेत्रमा लथालिँग रहेको शिक्षाको अवस्थालाई भौतिक निर्माणको माध्यमले सुधारको लागि आफू पहिलेदेखि नै पहल गर्दै आएको बताए । 

मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतको नजिकी मानिएका नेता यादवले जिल्लास्तरमा बलियो पक्कड बनाएका नेताको रुपमा चिनिन्छन् । जिल्लास्तरीय नेताले प्रदेश साँसदको लागि चुनाव लडनु नै यहाँको क्षेत्रको जनताहरुको लागि उत्तम विकल्प हुने धारणा उनको छ । 

नेता यादव जनताले नै युवा नेतृत्व चाहेका कारण पार्टीले पनि युवा नेताहरुलाई नै प्राथमिकता दिएर चुनावमा होमिनु पर्ने धारणा राख्छन् । 

उनी भन्छन्, ‘जनताको अहिलेको चाहना युवा नेतृत्व हो, त्यसैले पार्टीले पनि युवालाई नै प्राथमिकतामा राखेर चुनावमा जानुपर्छ, युवा नेतालाई अगाडि सार्ने हो भने पार्टीले चुनावमा सोचेभन्दा बढी राम्रो नतिजा ल्याउने छ ।’

नेता यादव आफ्नो क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन् । यसैपनि यसपटक युवाहरुलाई जनताको साथ रहेका कारण पनि प्रदेश सभा सदस्यमा आफू निर्वाचित हुनेमा विश्वस्त छन् ।

मधेश आन्दोनमा अग्रणी भूमिका निर्वाह गरी पटकपटक मधेशी मोर्चाको नेतृत्व गरेका विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय यादव पहिलोपटक संसदीय चुनाव लड्ने तयारीमा जुटेका हुन्।

राजनीति शास्त्रमा स्नातक अध्ययन गर्दागर्दै विद्यार्थी राजनीति यात्रा सुरु गरेका यादवले राजनीतिको सुझबुझ पनि वृहत तवरले राख्ने गरेका छन् । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको एक पूर्व शिक्षा अधिकारी र शिक्षिकामाथि भ्रष्टाचारको मुद्दा, पदबाट निलम्बन

  • २०७९ असोज १ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारी स्कूलमा नक्कली नियुक्ती पत्र तयार गरी शिक्षिका बनाएको आरोपमा धनुषाका तत्कालिन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  धनुषाका तत्कालिन जिशिअ उपेन्द्र

पूरा पढ्नुहोस्

Bureau Menus