तस्करसँग मिलेको भन्दै जनकपुर भन्सारमा तालाबन्दी
न्यूज ब्यूरो || जनकपुरधाम, ६ बैशाख । अवैध तस्करी बढेको भन्दै जनकपुर उद्योग वाणिज्य संघले जनकपुर भन्सारमा अनिश्चिकालका लागि तालाबन्दी गरेको छ। प्रहरी प्रशासन र नियमनकारी निकायले नै तस्करी गरेर वैध व्यापारीलाई अनावश्यक दुःख दिएको वाणिज्य संघले आरोप लगाएको छ । जनकपुर भन्सार कार्यालय, राजश्व अनुसन्धान क

२०७५ बैशाख ६ बिहीबार, राति ९:४७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो ||
जनकपुरधाम, ६ बैशाख ।
अवैध तस्करी बढेको भन्दै जनकपुर उद्योग वाणिज्य संघले जनकपुर भन्सारमा अनिश्चिकालका लागि तालाबन्दी गरेको छ।
प्रहरी प्रशासन र नियमनकारी निकायले नै तस्करी गरेर वैध व्यापारीलाई अनावश्यक दुःख दिएको वाणिज्य संघले आरोप लगाएको छ ।
जनकपुर भन्सार कार्यालय, राजश्व अनुसन्धान कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोटो रकम लिएर अवैध तस्करी गराएको भन्दै जनकपुर उद्योग वाणिज्य संघ आन्दोलित भएको हो ।
भन्सार कार्यालयले मोटो रकम लिई तस्करीको लाइन दिएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारीले बताए ।
राजश्व बुझाउँदा पनि जयकुमार यादव लगायतका तस्करको समूहले जनकपुर ल्याउँदै गरेको ज १ ख ८७९ नम्बरको गाडीको सामान सशस्त्र प्रहरीलाई बुझाएपछि आन्दोलनमा उत्रिएको संघका महासचिव जितेन्द्र महासेठ बताउँछन् ।
प्रहरी प्रशासन, भन्सार कर्मचारी तथा राजश्व अनुसन्धानले रकम कानून बमोजिम मालसमान भित्र्याउने व्यवसायीको सामान नियन्त्रणमा लिने तर मोटो रकम दिने तस्करको मालसमान रातारात निर्वाध रुपमा ल्याउन दिइरहेको उद्योग वाणिज्य संघको आरोप छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…