सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस

२०७९ भदौ २५ शनिबार
रति ९:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । आसन्न प्रतिनिधिसभा, प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ ।

 

माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेका छन् । प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खडगनारायण चौधरी र नथुनी महतो सिफारिस गरेको छ । प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव चौधरी र उमेश यादवलाई सिफारिस गरिएको छ ।

 

निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सुरेशचन्द्र दासलाई सिफारिस गरिएको छ । प्रदेशसभा २ (क) बाट जीवछ यादव र अरविन्द यादव, प्रदेशसभा २ (ख) बाट सुनिताकुमारी महतो, हरिनारायण चौधरी, विष्णु न्यौपाने र मुक्तिनारायण सिंहको नाम सिफारिस गरेको छ । सिरहा क्षेत्र नं। २ मा मोओवादी केन्द्रबाटै सुरेशचन्द्र दास यादव निर्वाचित भएका थिए ।

निर्वाचन क्षेत्र नं. ३ बाट विश्वनाथ साहको एकल नाम सिफारिस गरिएको छ । प्रदेशसभा ३ (क) बाट जगतप्रसाद यादव र तेजेन्द्र लामा, प्रदेशसभा ३ (ख) बाट महेश यादव र चन्देश्वर यादवको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नं. ४ बाट महेन्द्र पासमान र अजयशङ्कर नायकको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा ४ (क) बाट दिलीप साह, प्रदीप तिवारी, कुशेश्वर साह र धनीकलाल यादवको नाम सिफारिस गरिएको हो । प्रदेशसभा ४ (ख) बाट कसैको नाम सिफारिस नगरिएको जनाइएको छ ।

  • 0%
  • 50%
  • 0%
  • 50%
  • 0%
  • 0%

जनकपुरमै पहिलो पटक नैना हस्पिटलमा दुरबिनबाट महिलाको अप्रेशन गर्ने

  • २०७९ भदौ २५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको चर्चित डाक्टर वृजमोहन रजकको नैना हस्पिटलमा दुरबिन माध्यमबाट महिलाको अप्रेशन गर्ने भएको छ ।  जनकपुरको रामानन्दचोकस्थित रहेको नैना हस्पिटलमा हुने दुरबिन प्रविधि जनकपुरमै पहिलो

पूरा पढ्नुहोस्

Bureau Menus