महोत्तरी क्षेत्र नं ४ (क) लोसपा तर्फबाट कुशेश्वर यादव लोकप्रिय उम्मेदवार सिफारिस
न्यूज ब्यूरो,जनकपुरधाम । महोत्तरी क्षेत्र नं ४ क बाट लोसपा नेपाल तर्फबाट बलियो उम्मेदवार मानिएको कुशेश्वर प्रसाद यादव आउँदो मंसिर ४ गते हुने निर्वाचनमा सिफारिस भएको छ । राजनीति पकड र जनतामा लोकप्रिय उम्मेदवार मानिएको नेता यादव हुन् । लोकतान्त्रीक समाजवादी पार्टी नेपालले महोत्तरी क्षेत्र नं ४ बाट प्र

२०७९ भदौ २४ शुक्रबार, बिहान १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । महोत्तरी क्षेत्र नं ४ क बाट लोसपा नेपाल तर्फबाट बलियो उम्मेदवार मानिएको कुशेश्वर प्रसाद यादव आउँदो मंसिर ४ गते हुने निर्वाचनमा सिफारिस भएको छ । राजनीति पकड र जनतामा लोकप्रिय उम्मेदवार मानिएको नेता यादव हुन् ।
लोकतान्त्रीक समाजवादी पार्टी नेपालले महोत्तरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको नाम सिफारिस गरेको छ।
लोसपाका क्षेत्र नं ४ का अध्यक्ष बिनोद गामीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ सरत सिंह भण्डारी र समानुपातिक तर्फ निर्जला राउतको नाम सिफारिस गरेको छ।
त्यस्तै प्रदेश सभा क्षेत्र नं ४ 'क' को लागि प्रत्यक्ष तर्फ कुशेश्वर प्रसाद यादव, दरेश यादव, ज्ञानेन्द्र झा, रंजित सिंह कुश्वाहा, लालबाबु साह र संजय कुमार चौधरी तथा समानुपातिक तर्फ बिभा देवी साह, शेख अनवारुल हक, सेवल महरा, नरेश यादव, सुरेन्द्र साह, जमसैद अंसारी, तुल्सा पोखरेल र बिनोद यादवको नाम सिफारिस गरिएको हो ।
त्यसैगरी क्षेत्र नं ४ 'ख' बाट प्रत्यक्ष तर्फ संजय सिह, बिनोद गामी, राज कुमार दाहा, रोसन सिंह राणा, नागेन्द्र झा त्यस्तै समानुपातिक तर्फ राम बाबू साह, संजय कुमार साह, सनाउला अंसारी, रोजाई साफी, मनोज कुमार झा, रमिता प्रधान र बिनोद कुमार सिंहलाई प्रदेशसभा सदस्यको लागि सिफारिस गरिएको छ।
सम्सी बजार स्थित भएको बिस्तारित बैठक सम्पन्न भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…