प्रदेशको नीति तथा कार्यक्रम पारित, काँग्रेस विपक्षमा, आज पुनः बैठक
न्यूज ब्यूरो || जनकपुरधाम, ४ बैशाख । प्रदेश नम्बर– २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको प्रथम अधिवेशनको सोमबार बसेको १५ औ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । सरकारको नीति तथा कार्यक्रमलाई काँग्रेस बाहेक सबै दलले समर्थन गरेको छ । गएको चैत २८ गते प्रदेशसभा बै

२०७५ बैशाख ४ मंगलबार, बिहान १०:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ४ बैशाख । प्रदेश नम्बर– २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रदेश सभाको प्रथम अधिवेशनको सोमबार बसेको १५ औ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
सरकारको नीति तथा कार्यक्रमलाई काँग्रेस बाहेक सबै दलले समर्थन गरेको छ । गएको चैत २८ गते प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेश गरिएको थियो ।
नीति तथा कार्यक्रम पारित भएसंगै प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने मार्ग प्रसस्त भएको छ ।आउँदो बैशाख ५ गते प्रदेश सरकारले बजेट पेश गर्ने तयारी गरेको छ ।
२० पृष्ठमा समेटिएको ६० बुँदे नीति तथा कार्यक्रमलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको छ । नेकपा एमालेका सांसद सुन्दर बहादुर विश्वकर्माले संशोधन प्रस्ताव पेश गरेका थिए ।
सभामुख सरोज कुमार यादवले प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा सांसद विश्वकर्माले प्रस्ताव फिर्ता लिएका थिए । यता नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादवले संशोधन प्रस्ताव फिर्ता नलिएपनि त्यो बहुमतले अस्वीकृत भएको थियो ।
नेता यादवले किसानको लागि अनुदानको व्यवस्था गर्नुपर्ने, प्राङगारिक मलको उत्पादन गर्न, कृषिमा सीप, साधन र श्रोतको व्यवस्था प्रदेश सरकारले नीति तथा कार्यक्रममा थप्नुपर्नेमा जोड दिएका थिए विभिन्न बुंदाहरुमा थप गर्न नेता यादवले सुझाएपनि त्यो अस्वीकृत भएको हो ।
फोरम र राजपा नेपाल गठबन्धन सरकारका सांसदहरुले समर्थन जनाएपछि सभामुख यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
निर्धारित समयभन्दा १७ मिनेट ढिलो गरी सुरु भएको प्रदेशसभा बैठक तीन घण्टा बढी समयसम्म चलेको थियो ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको आव २०७४/०७५ सालको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेपछि छलफल भएको थियो । छलफलमा भाग लिएका २४ जना सांसदहरुले नीति तथा कार्यक्रममा केन्द्रित भएर आ आप्नो धारणा राखेका थिए ।
बारा जिल्लाका एमालेका सुन्दर बहादुर विश्वकर्माले पर्सा राष्ट्रिय निकुञ्ज र सप्तरीको कोशी टप्पुको संरक्षण, सम्बद्र्धन गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । भूउपयोग नीति ल्याएर बाँझो परेको जग्गामा खेती गर्ने नीति थप गर्नुपर्ने उनको तर्क थियो ।
सत्ताधारी दल राजपाका परमेश्वर साहले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको बताउँदै खेलकुद क्षेत्र थप गर्नको लागि आग्रह गरे ।
छलफलमा उठेका प्रश्न र सुझावहरुको जवाफ दिदै मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रमलाई परिमार्जन गरेर अघि बढ्ने विश्वास दिलाएका थिए ।
धेरै छलफल गरेर नीति तथा कार्यक्रम ल्याएको छु, उनले भने–‘छुट्न गएको विषयलाई थप गरेर अघि बढ्छु ।’
यसअघि सोमबारको प्रदेश सभाको बैठकमा सभामुख यादवले सरकारको आर्थिक कार्यविधि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रमाणीकरण गरेको जानकारी गराएका थिए । प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो ३ बजे बस्नेछ भनेर आजको जनकपुर टुडे दैनिकमा समाचार छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…