सर्लाही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि नेसपाका युवा नेता दिपक महतोको एकल नाम सिफारिस
न्यूज ब्यूरो, सर्लाही | सर्लाहीको नेपाल समाजवादी पार्टी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा पदका लागि युवा नेता दिपक महतोको एकल नाम सिफारिस भएको छ । सर्लाहीको सदरमुकाम मलङ्गवामा स्थित जिससको सभा हलमा आज नेपाल समाजवादी पार्टीको जिल्ला कार्य समितिको बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । बरहथवा नगरपालि

२०७९ भदौ २१ मंगलबार, राति १०:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही | सर्लाहीको नेपाल समाजवादी पार्टी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा पदका लागि युवा नेता दिपक महतोको एकल नाम सिफारिस भएको छ ।
सर्लाहीको सदरमुकाम मलङ्गवामा स्थित जिससको सभा हलमा आज नेपाल समाजवादी पार्टीको जिल्ला कार्य समितिको बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
बरहथवा नगरपालिका वार्ड न. ९ मूर्तिया निवासी दिपक महतो विद्यार्थी जीवनदेखि नै राजनीतिकमा सक्रिय रहँदै आएका हुन्। विद्यार्थी आन्दोलनबाट उदाएको नेता महतो क्याम्पस, विश्वविद्यालयको एकाइ कमिटीको अध्यक्ष हुदैँ विद्यार्थी सङ्गठनका राष्ट्रिय महासचिव तथा उपाध्यक्षको रुपमा देशव्यापी कुशलता जिम्मेवारी बहन गर्नुको साथै विद्यार्थी आन्दोलन लगायत विभिन्न राजनीतिक आन्दोलनमा सशक्त एवम् प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन ।
महतो हाल पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वका नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य हुन भने नेपाल समाजवादी युवा संघका केन्द्रिय सह-अध्यक्ष समेत रहेका छन ।
नेपालको राष्ट्रिय राजनीतिमा वहाको चर्चित नाम हो । उनी सर्लाही जिल्लामा जनतामाझ निकै चर्चित तथा लोकप्रिय रहेका छन । राजनीतिक तथा समाजिक क्षेत्रमा सक्रिय महतो समाजसेवा देखि देशको २०६२/६३ पछि हुने हरेक राजनैतिक आन्दोलनमा आफ्नो बलियो उपस्थिति सहित राजनीतिक परिवर्तनका विभिन्न काल खण्डमा भएका आन्दोलनको नेतृत्व समेत उहाँले गरेका हुन ।
निकै लामो राजनीतिक पृष्ठभूमि भएका, पार्टी तथा सङ्गठनलाई सधैँभरि निस्वार्थ भावनाले सहयोग गर्दै आएका उनी एक निडर, साहसी, योग्य, सक्षम तथा अध्ययनशील, सक्रिय, क्षमतावान तथा जुझारु युवा नेता हुन ।
युवा नेता दिपक महतो विगत ७ वर्ष देखि नयाँ शक्ति पार्टीमा सक्रिय थिए । नयाँ शक्ति पार्टीको विद्यार्थी संगठनको उपाध्यक्ष समेत रहिसकेका उनी जसपा समाजवादी युवा संघको केन्द्रिय उपाध्यक्ष तथा विदेश विभाग प्रमुखको भूमिकामा रहि सफल रुपमा काम गरिसकेका छन । उनी एक प्रखर वक्ता, सक्षम राजनीतिज्ञ तथा समाजसेवी समेत हुन ।
युवा नेता महतो कै पहल र आग्रहमा नेपाल भारत सहयोग, भारतीय राजदूतावासद्वारा समाज उत्थान सेवा केन्द्र( SDSC), बरहथवा, सर्लाहीमा अत्याधुनिक सेवा सुविधा भएका Basic Life Support Medical Ambulance उपहार स्वरुप प्रदान गरिएको छ, भने उहाँकै पहल तथा कृषि मन्त्रालयको अगुवाइमा वरहथवा-५ स्थित साना किसान सहकारी संस्थाको आफ्नो जग्गामा खादय गोदाम घर निर्माण गरिने भएको छ। ८४ लाखको लागतमा १०० मेट्रिक टन क्षमता भएको खाद्य गोदाम घर तथा १० लाखको लागतमा उखु किसानका लागी स्यालो ट्युववेल जडान गरिने भएको छ।
त्यस्तै, प्रदेश सरकार वन, पर्यटन तथा वातावरण मन्त्रालयको सहयोगमा वरहथवा न.पा. ५ स्थित श्री ओशो कृष्णा आश्रममा रु २० लाखको लागतमा अत्याधुनिक मेडिटेसन तथा ग्रीन पार्क निर्माण नेता महतोकै पहलमा सम्पन्न भएको हो ।
त्यस्तै, उहाँकै पहलमा डिभिजन वन कार्यालय, लालबन्दी, सर्लाहीको सहयोगमा मुर्तिया, सीतापुर हुँदै बरहथवा जोडने सडकको छेउमा ८ लाखको लागतमा करिव ५००० बिरुवाको वृक्षारोपन लगायत अन्य थुप्रै कामहरू समेत वहाँको रोहबरमा सम्पन्न भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…