दुई बालिका बेच्न लग्दै थियो भारत, बोर्डरबाटै मिश्रसहित तीन जना पक्राउ
जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ ईनर्वा रेल्वे स्टेशन हुँदै २ जना बालिकाहरूलाई घर डेराबाट ललाई फकाई भारतको दिल्ली तर्फ वेचविखन गर्ने उदेश्यले लगिरहेको अवस्थामा धनुषाको कमला नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २६ को रुपेश मिश्र, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेला बस्ने बर्ष २३ को दिल महमद साह र महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ बस्ने रानी भन्ने मुस्कान मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

२०७९ भदौ १५ बुधबार, बेलुकी ६:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रबाट धनुषा प्रहरीले मानव बेचबिखन आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
गत भदौ १२ गते धनुषाको इनरबा नाकाबाट दुई बालिकालाई भारततर्फ बेच्न लैजाँदै गर्दा बोर्डरबाटै तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ ईनर्वा रेल्वे स्टेशन हुँदै २ जना बालिकाहरूलाई घर डेराबाट ललाई फकाई भारतको दिल्ली तर्फ वेचविखन गर्ने उदेश्यले लगिरहेको अवस्थामा धनुषाको कमला नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २६ को रुपेश मिश्र, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेला बस्ने बर्ष २३ को दिल महमद साह र महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ बस्ने रानी भन्ने मुस्कान मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
बालिका बेचबिखनको लागि भारत लगिरहेको जानकारी पाएलगत्तै तत्कालै ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको हो ।
प्रहरी नीरिक्षक निरञ्जन घिमिरेको कमाण्डमा गएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…