ब्रान्डेड चामलको बोरामा लोकल चामल भरेर बेच्ने एक व्यापारी रँगेहात पक्राउ 

२०७९ भदौ १४ मंगलबार
रति ८:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । चामल कालोबजारी गर्ने एक जना व्यवसायीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

ब्राण्डेड चालमको बोरामा लोकल चामल प्याकिङ्ग गरिरहेको अवस्थामा गौर स्थित एक जना व्यवसायीको पसलमा रौतहट प्रहरीले छापा मारेर ठूलो परिमाणमा चामल नियन्त्रणमा लिएको हो।

जिल्लाको गौर नगरपालिका वडा नं १ रामजानकी धर्मशाला नजिक चामल पसल सञ्चालन गरेका भारतको सीतामढी जिल्ला बैरगनिया घर भएका ४४ बर्षीय राजेन्द्र प्रसाद गुप्तालाई पक्राउ परेको छ । 

गुप्ताले भारतीय ब्राण्डेड बोरामा कमसल चामल प्याकिङ्ग गरिरहेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका गुप्ताको गोदामबाट लोकल चामल ५० बोरा खुल्ला, २९२ बोरा प्याकिङ्ग, १२० वटा खाली बोरा र एक थान बोरा सिलाउने मेसिन बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बरामद भएको खाद्यान्न समाग्री गुप्ताकै गोदाममा सिलबन्दी गरी गुप्तालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए।

नियन्त्रणमा लिइएका गुप्तालाई जिल्ला प्रशासन कार्यालय गौरमा कालो बजार मुद्दा शीर्षक अन्तर्गत म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको डिएसपी मल्लले बताए।


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७९ भदौ १४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus