बटेश्वर गाउँपालिकाको अधिकृतमा शर्मा हाजिर
राम्रो अनुभवी रहेको ,कार्यालय लाई राम्रो संग चलाउन सक्ने क्षम्ता भएको प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको गाउँपालिका अध्यक्ष राम आशिष महतोले जानकारी दिएका छ्न ।

२०७९ भदौ १० शुक्रबार, राति ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाको कार्यालय प्रमुखको जिम्मेवारीम संतोश कुमार शर्मा हाजिर भएका छ्न ।
स्थानीय तह सँचालनमा प्रशासनको अनुभवी मानिएका शर्माले बिग्रेको बटेश्वरको स्थितिलाई नियन्त्रण गर्ने विश्वास गरिएको छ । उनलाई कार्यालय कुशल रुपमा सँचालन गर्न सक्ने क्षमता अनुसार नै हाजिर गराइएको गाउँपालिका अध्यक्ष राम आशिष महतोले बताए ।
गाउँपालिकामा कर्मचारीहरुबीच र जनप्रतिनीधिहरुबीचको समन्वयबाट सुशासन कायम राख्ने प्रतिवद्धता अधिकृत शर्माले पदभार ग्रहण गर्दै जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…