संघीयतालाई कुनै शक्तिले परास्त गर्न सक्दैन : कानुनमन्त्री यादव
न्यूज ब्यूरो || जनकपुरधाम, २ बैशाख । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले देशमा .भर्खरै लागु भएको संघीयतालाई कुनै पनि दृश्य वा अदृश्य शक्तिले परास्त गर्न नसकिने दाबी गरेका छन् । देशमा लागु भईसकेको संघीयतालाई अब कुनै पनि शक्तिले हटाउन नसकिने बताउँदै मन्त्री यादवले

२०७५ बैशाख २ आइतबार, राति ९:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २ बैशाख । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले देशमा .भर्खरै लागु भएको संघीयतालाई कुनै पनि दृश्य वा अदृश्य शक्तिले परास्त गर्न नसकिने दाबी गरेका छन् ।
देशमा लागु भईसकेको संघीयतालाई अब कुनै पनि शक्तिले हटाउन नसकिने बताउँदै मन्त्री यादवले संघीयतालाई खारेज गर्न अहिले पनि विभिन्न शक्तिहरुले लागि परेको र चलखेल गर्दै आएको भएपनि अब त्यो सम्भव नभएको बताए ।
आईतबार धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा एक सामुदायिक भवनको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री यादवले प्रदेशको आन्तरिक घटनाप्रति घटनाप्रति गम्भिरतापूर्वक लागेको दाबी गरे ।
विगत केही महिनादेखि प्रदेशको ८ जिल्लामा बढ्दै गएको बलात्कार, हत्या, हिंसा लगायतको घटनाप्रति प्रदेश सरकार गम्भीर रहेको थपे ।
"प्रदेश सरकारसँग अहिले आफ्नो कानुन नभएको र संघीय सरकारले यसमा ढिलाई गरेको कारण यस्ता घटनाका अपराधीहरुमा छाडापन बढेको छ , केन्द्र सरकारले सहयोग नगरे प्रदेश सरकार आफ्नै ऐन कानुन बनाएर जनघन्य अपराधका आरोपी, अपराधी र फटहाहरुलाई तह लगाउँछौ ।’ उनले भने ।
शान्ति सुरक्षाको सवालमा प्रदेश सरकारले कसैसँग कुनै सम्झौता नगर्ने र अपराधी जो सुकै भएपनि कानुनी कठघेरामा आउने प्रतिबद्धता समेत जनाए ।

संघीय सरकार अहिले पनि हावादारी कुरा गरेर जनतालाई झुक्याउने र ठग्ने काम मात्र गरिरहेको आरोप लगाउँदै मन्त्री यादवले संघीय सरकारले झुठो आश्वासन बाट्ने काम बन्द नगरेसम्म देशले विकासको गति नलिने दावी गरे ।
चुरे क्षेत्र र कृषि विकासको चर्चा
मधेशमा चुरे विनाशले विकराल रुप धारण गर्दै आएको र मरभूमिकरण बढ्दै गएकोले यसप्रति प्रदेश सरकार गम्भीर भएको र सबैलाई चुरे बचाउनतिर लाग्न आग्रह गरे ।
चुरे क्षेत्र विनाशको कारण मधेशमा पानीको सतह दिनपिच्छै पताल भाग्दै गएको र निकट भविष्यमा खानेपानीको हाहाकारको अवस्था आउन सक्ने भन्दै उहाँले ‘चुरे बचाउ, पानी बचाउन’ तर्फ सबैलाई गम्भीरतापूर्वक लाग्न आग्रह गरे ।
मन्त्री यादवले प्रदेशको समग्र विकासको लागि सरकारले प्राविधिक र कृषि शिक्षामा जोड दिएर अगाडी बढ्न लागेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…