स्कूलबाट आफैँ भाग्दा बालकलाई लागेको थियो चोट, करेन्ट लगाएको भन्दै 'ब्लैकमेल'
होस्टेलबाट कैयौँ पटक भागेका गणेश बुधबार पनि तेस्रो तल्लाबाट तार समातेर, रोड समातेर बाहिरैबाट भाग्न खोज्दा उनको हातमा चोट लागेको सिसिटिभी क्यामेरामा देखिएको छ ।

२०७९ भदौ ७ मंगलबार, दिउँसो ४:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको तिनकोरियास्थित रहेको केसी विद्या मन्दिरबाट एक विद्यार्थी घर भाग्न खोज्दा लागेको चोटलाई शिक्षकले यातना दिएको भन्दै ब्लैकमेल गर्न थालेको छ ।
धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ६ तिनकोरिया चोकस्थित रहेको केसी विद्या मन्दिर (स्मार्ट) मा अध्ययनरत एक विद्यार्थीले होस्टेलबाट भाग्न खोज्दा हातमा चोट लागेको र सो चोटलाई शिक्षकले करेन्ट लगाएको भन्दै विद्यालयसँग ब्लेकमेल गरी रुपैयाँ उठाउन थालेका छन् ।
हातमा समान्य चोट लागेको धनुषाको कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैया बस्ने विशेश्वर महतोको अन्दाजी बर्ष ९ को छोरा गणेश कुमार महतोले स्कूलबाट कैयौँ पटक भागेका थिए । गत बुधबार पनि भाग्न खोज्दा हातमा समान्य चोट लागेपछि करेन्ट लगाएको भन्दै ब्लैकमेल गर्न थालेको विद्यालय प्रशासनले जनाएको छ ।
हातमा मात्र खरोच आएको महतोले जनकपुरमा उपचार गराउँदै रगत सम्म चेकअप गराउन लगाएको थियो । तर त्यसमा केही नआएपनि पुनः विभिन्न ठाउँमा उपचार गर्न लगाई जथाभावी पैसा असुल्न खोजेको आरोप विद्यालयका प्रिन्सीपल जीतेन्द्र साहले बताए ।
विद्यालय प्रशासनले यसअघि नै कुनै पनि शिक्षकले कुटपिट नगरेको तथा आफू होस्टेलबाट भागेको कुरा अभिभावकबाट लुकाउने उदेश्यले निराधार आरोप लगाएको साहले बताएका थिए ।
होस्टेलबाट कैयौँ पटक भागेका गणेश बुधबार पनि तेस्रो तल्लाबाट तार समातेर, रोड समातेर बाहिरैबाट भाग्न खोज्दा उनको हातमा चोट लागेको सिसिटिभी क्यामेरामा देखिएको छ ।
गणेशका अभिभावकले विद्यालयसँग पटक पटक रुपैयाँ माग्न थालेपछि उनलाई विद्यालयबाट पनि निकालिएको हो । स्थानीयहरुका अनुसार, ती बालक बदमास खालका रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…