लोप भईरहेको भन्दै हिलो-माटो दल्दै जुडशितल पर्व मनाइयो
न्यूज ब्यूरो || जनकपुरधाम, २ बैशाख । प्रत्यके वर्ष बैशाख २ गते मनाइने मधेस मिथिलाञ्चलको जेठो पर्व जुडशितल जनकपुरमा पौराणिक परम्परा अनुसार मनाइएको छ । नेपालमा मनाइने पर्वहरुमा सबभन्दा जेठो पर्वको रुपमा रहेको जुडशितल सिरुवा पर्व तराई मधेसमा लोपोन्मुख रुपमा रहेको तथा लोप नै हुन लागेको भन्दै जीवन्त राख्

२०७५ बैशाख २ आइतबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २ बैशाख । प्रत्यके वर्ष बैशाख २ गते मनाइने मधेस मिथिलाञ्चलको जेठो पर्व जुडशितल जनकपुरमा पौराणिक परम्परा अनुसार मनाइएको छ ।
नेपालमा मनाइने पर्वहरुमा सबभन्दा जेठो पर्वको रुपमा रहेको जुडशितल सिरुवा पर्व तराई मधेसमा लोपोन्मुख रुपमा रहेको तथा लोप नै हुन लागेको भन्दै जीवन्त राख्नको लागि हिलो माटो दलेर मनाइएको छ ।
जनकपुरको गँगासागर पोखरी डिलमा आज विहान ७ बजेदेखि राखिएको हिलोमाटो सहितको जुडशितल कार्यक्रममा नेपालका सँस्कृति विदहरुले समेत एकअर्कालाई हिलोमाटो दलेर जुडशितल मनाएका छन् ।
सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष एवम् सफाई अभियन्ता राम अशिष यादवको विशेष सक्रियतामा भएको हिलोमाटो कार्यक्रममा जनकपुरका सँस्कृतिविद्, साहित्कार, लेखक, विद्धानहरुले एक अर्कालाई हिलोमाटो दल्दै सँस्कृति जीवन्तको लागि पौराणिक परम्परालाई निरन्तरता दिएका छन् ।
प्रदेश नं. २ का प्रदेश सभा सदस्य समेत रहेका समाजसेवी यादवको अगुवाई आयोजना गरिएको उक्त कार्यक्रममा सँस्कृतिविद् डा. भोगेन्द्र झा, प्रदेश २ का प्रदेश प्रमुख सचिव राजेश्वरमान सिँह, साहित्कार रोशन जनकपुरी, रिपब्लीक दैनिकका सँस्थापक विनोद ज्ञवाली, प्राध्यापक विजय दत्त, जिल्ला वन कार्यालय धनुषाका अधिकृत सुरेश शर्मा सहित स्थानीय युवाहरुले समेत हिलो माटो दलेर विशुद्ध जुडशिलतको आभाष गराएका छन् ।


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…