बर्दिमै प्रहरीको लौण्डासँग स्टेजमा पटका–पटकी डान्स
यता, यस सन्दर्भमा सई साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।

२०७९ भदौ ४ शनिबार, राति ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न ठाउँमा प्रतिबन्ध गरिएको भोजपुरी अश्लिल गीतको ओरकेष्ट्रामा सुरक्षा निकायकै प्रहरीले लौण्डासँग पटका–पटकी डान्स गरेको भिडियो भाईरल बनेको छ ।
रौतहट जिल्लाको जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको गढीमाई नगरपालिका वडा नम्बर ७ धर्मपुर चौकी ईन्चार्ज प्रहरी बरिष्ठ सई राजकिशोर साहले लवण्डा नाचमा नेपाल प्रहरीको पोशाक लगाएर खुल्लेआम पटका पटकी नृत्य गरेको भिडियो भाईरल बनेको छ ।
अश्लील भोजपुरी गीतमा मनोरञ्जन गरेको बिषय अहिले चर्चा यस्तो मर्यादित प्रहरी विभागको खिल्ली उडाएको छ ।
बरिष्ठ सई साहले लौण्डा नाचमा नेपाल प्रहरीको मर्यादित बर्दि लगाएरै डान्स गरेपछि उनको अनुशासनहिनताको पराकाष्ठा नाघेको टिकाटिप्पणी गरेको छ ।
कृष्णाष्टमी मेलाको अवसरमा आयोजना गरिएको लौण्डा डान्समा सुरक्षाको लागि खटाइएको ईन्चार्ज साहले आफैँ स्टेजमा चढेर अभद्र प्रकारको डान्स गरेको भिडियो भाईरल बनेको छ ।
उनको भिडियो समाजिक सँजालमा भाईरल बनेपछि उनलाई कारवाही गरिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई कारवाहीको लागि प्रक्रिया थाल्ने बताएको छ ।
यता, यस सन्दर्भमा सई साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…