काठ तस्कर ठाकुरलाई पक्राउ गरी वनकै हाकिम मिश्रले बाटोबाटै भगाए
पक्राउ परेका ठाकुर बाटोबाटै फरार भएको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहामा समेत अझै नगराएको र स्थानीयले सोध्दा मात्र वन तस्कर ठाकुर भागेको जवाफ दिनु वनका हाकिम शैलेन्द्र मिश्रको प्रत्यक्ष सँलग्नता देखिन्छन् ।

२०७९ भदौ ४ शनिबार, दिउँसो ४:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक काठ तस्करलाई वन कार्यालयकै कर्मचारीले बाटोबाटै भगाएको रहस्य बाहिर आएको छ ।
विहिबार राती सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ स्थित रहेको समुदायिक वनबाट खयर र सिसौँको काठ काटेको सूचनापछि एक फर्निचरमा बरामद गरिएको थियो ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ९ घुर्मीपुलस्थित छेउमा सँचालनमा रहेको मदन ठाकुरको फर्निचर उद्योगमा शुक्रबार बिहान खयर र सिँसौको काठ बरामद भएपछि पक्राउ परेका मदन ठाकुरलाई वनकै कर्मचारीले भगाएको खवर प्राप्त भएको छ ।
गोलबजार नगरपालिका वडा नं. ९ घुर्मी स्थित सँचालनमा रहेको मदन ठाकुरको फर्निचनरमा छापामारीपछि उनलाई पक्राउ गरिएको थियो । ठाकुरको फर्निचरमा वन कर्मचारीहरुले मुचुल्का उठाएर उनलाई पक्राउ गरी लैजाने क्रममा नै भगाएको बताइएको छ ।
समुदायिक वनबाट रुख काटेर तस्करी गरी लगेको ६७ गोलिया खयरको काठसहित फर्निचरका सँचालक मदन ठाकुरलाई तत्कालै सबैलाई देखाउने गरी पक्राउ गरेर लगेका थिए ।
तर, शुक्रवार बेलुका पक्राउ परेका मदन ठाकुर बाटोबाटै भागेको र कारवाहीको लागि मिलमा काम गर्ने कामदारलाई पक्राउ गरी लगेको खवर पाएपछि खैलाबैला मच्चिएको हो ।
मिलका सञ्चालकलाई वनका कर्मचारीले बाटोबाटै भगाएको र कामदारलाई बोलाएर हिरासतमा राखेको जानकारी प्राप्त भएको छ । सिरहाका डीएफओ शैलेन्द्र मिश्रले समेत मिलका मालिक बाटोबाटै भागेको जवाफ दिएका छन् ।
वनका कर्मचारीले सुरुमै मिल सँचालकलाई पक्राउ गर्न नमान्नु र स्थानीयलाई देखाउनको लागि पनि पक्राउ गरेर लग्दा बाटोबाटै भागेको प्रतिक्रिया दिनु उनीहरुको प्रत्यक्ष मिलीभगतमा वन तस्कर र वन विनाश भइरहेको सहजै आँकलन गर्न सकिन्छ ।
मिलबाट पक्राउ गरेर लगेका मान्छेलाई बीच बाटोबाटै भगाएर निर्दोष कामदारलाई बोलाएर हिरासतमा राख्नुले यसमा वनका कर्मचारीको काठ कटान गर्ने बेलादेखि नै मिलेमतो रहेको पुष्टि भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् ।
पक्राउ परेका ठाकुर बाटोबाटै फरार भएको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहामा समेत अझै नगराएको र स्थानीयले सोध्दा मात्र वन तस्कर ठाकुर भागेको जवाफ दिनु वनका हाकिम शैलेन्द्र मिश्रको प्रत्यक्ष सँलग्नता देखिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…