धनुषाधामः विभिन्न पार्टी त्यागेर माओवादीमा प्रवेश
सो ठाउँमा रहेको राप्रपा, नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मधेश प्रदेशका गृह तथा सँचारमन्त्री भरत साहले नव प्रवेशीहरुलाई टिका अबिर लगाउँदै पार्टीमा प्रवेश गराएका छन् ।

२०७९ भदौ १ बुधबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधामस्थित विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा दर्जनौ कार्यकर्ता प्रवेश गरेका छन् ।
आगामी मँसिर ४ गते हुने भनिएको प्रतिनीधिसभा र प्रदेशसभा चुनाव आउन थालेपछि गाउँघरमा राजनीतिक उचारचढाव बढदै जाँदा विभिन्न पार्टी त्यागेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
धनुषाधाम नगरपालिका वडा नम्बर ७ भगवानपुरस्थित विभिन्न पार्टीमा रहँदै आएका नेता कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सो ठाउँमा रहेको राप्रपा, नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मधेश प्रदेशका गृह तथा सँचारमन्त्री भरत साहले नव प्रवेशीहरुलाई टिका अबिर लगाउँदै पार्टीमा प्रवेश गराएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा धनुषा जिल्ला संयोजक दिपक यादव, नगर अध्यक्ष विष्णि यादब, उपमेयर पदका प्रत्यासी अम्बिका विश्वकर्मा, गुलाब यादव, मनोज यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…