सर्लाही क्षेत्र नं. २ (क) बाट काँग्रेस नेता महेश यादवको दाबेदारी
“मैले गरेको काम र पार्टी प्रतिको मेरो योगदान पार्टीका केन्द्रिय नेतृत्वपंक्तिलाई समेत अवगत नै छ। यद्यपि म आफ्नो अर्को आउने पोस्ट र विभिन्न माध्यमहरु बाट सबै समक्ष यी कुराहरू प्रस्तुत गर्ने नै छु।”– उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

२०७९ साउन २९ आइतबार, राति ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा नेपाली काँग्रेसका नेता महेश यादवले आगामी चुनावमा प्रदेश साँसदको लागि चुनावी दाबेदारी प्रस्तुत गरेका छन् ।
२०४६ साल देखि निरन्तर नेपाली कांग्रेस पार्टीमा सक्रिय भुमिका निर्वाह गर्दै आएका नेता यादवले आगामी मँसिर ४ गते हुने भनिएको प्रतिनीधिसभा र प्रदेशसभा चुनावमा सर्लाही निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश साँसदमा उम्मेदवारको दाबेदार रहेको बताएका छन् ।
“मैले गरेको काम र पार्टी प्रतिको मेरो योगदान पार्टीका केन्द्रिय नेतृत्वपंक्तिलाई समेत अवगत नै छ। यद्यपि म आफ्नो अर्को आउने पोस्ट र विभिन्न माध्यमहरु बाट सबै समक्ष यी कुराहरू प्रस्तुत गर्ने नै छु।”– उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
समाजिक सँजाल मार्फत पार्टीको नेतृत्वलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी दाबा गरेका छन् । उनले नेतृत्वलाई यसप्रति ध्यानाकर्षण गराउँदै विचार गर्न आग्रह समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…