रहेनन सिडिओ कार्यालय धनुषाका प्रशासकीय अधिकृत ठाकुर, आज सिडिओ कार्यालय बन्द 

२०७९ श्रावण २५ बुधबार
बिहान १०:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाको प्रशासकीय अधिकृतको असमायिक मृत्यू भएपछि कार्यालय बन्द हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकिय अधिकृत वालविर ठाकुरको बुधबार विहान असमायिक मृत्यू भएपछि एकदिन कार्यालय बन्द रहने सूचना जारी गरिएको छ । 

कार्यालय शोकाकुल अवस्थामा रहेको हुँदा बुधबारलाई कार्यालयको सम्पूर्ण कार्य स्थगित रहने कार्यालयले एक सुचना जारी गर्दै जनाएको छ।

अधिकृत ठाकुरको हृदयघातबाट मृत्यू हुनुको साथै कार्यालय ८/९ जना कर्मचारीहरुमा भाइरल ज्वरोबाट संक्रमित भइ आइसोलेसनमा रहेको हुँदा आज एक दिनको लागि कार्यालयका सेवा बन्द रहने सुचनाबाट जानकारी दिइएको छ ।

  • 0%
  • 5%
  • 0%
  • 0%
  • 95%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७९ श्रावण २५ बुधबार

Bureau Menus