घरबाटै मोसा चोरी
मोटरसाईकल चोरी भएलगत्तै उनले प्रहरी चौकी माचि झिटकैयामा मोटरसाईकल खोजीदिन निवेदन पेश गरेका छन् ।

२०७९ साउन २३ सोमबार, दिउँसो ४:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित रहेको कमला युवा सँजालका अध्यक्ष विमलेश यादवको मोटरसाईकल (मोसा) चोरी भएको छ ।
शनिबार राती करिब १ः३० बजेको समयमा आफ्नै घर नजिक रोकी राखिएको मोरटसाईकल अज्ञात व्यक्तिले चोरेर फरार भएको बताईएको छ ।
ज १० प २६३२ नम्बरको निलो रँगको होण्डा कम्पनीको मोटरसाईकल चोरी भएको अध्यक्ष यादवले बताएका छन् ।
करिब ४ बर्ष अगाडी किनिएको सो मोटरसाईकल आफ्नै घर नजिकै पार्किँग गर्दा त्यहाँबाट मोटरसाईकल चोरी गरिएको बताइएको छ ।
मोटरसाईकल चोरी भएलगत्तै उनले प्रहरी चौकी माचि झिटकैयामा मोटरसाईकल खोजीदिन निवेदन पेश गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…