जनकपुरः ज्यान मार्ने उद्योगका फरार प्रतिवादी वकिलकै चेम्बरबाट पक्राउ
उनलाई सोमबार बिहान करिब ११ बजेको समयमा पक्राउ गरी जिल्ला अदालत धनुषामा बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७९ साउन २३ सोमबार, दिउँसो ३:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले ज्यान मार्ने उद्योगका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जनकपुरधामस्थित एक वकिलको चेम्बरबाट जिल्ला धनुषा कमला नगरपालिका वडा नम्बर ७ हथमुण्डा बस्ने बर्ष २३ को रामपुकार मण्डललाई पक्राउ गरिएको हो ।
ज्यान मार्ने उद्योगको मुद्दामा अदालतमा प्रक्रिया चलिरहँदा उनी फरार भएका थिए । गत असार २ गते जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको थियो ।
कमला नगरपालिका वडा नम्बर ७ हथमुण्डा बस्ने दिप कुमार मण्डलको छोरा रामपुकार मण्डललाई एक वकिलको चेम्बरबाटै पक्राउ गरिएको हो ।
उनलाई सोमबार बिहान करिब ११ बजेको समयमा पक्राउ गरी जिल्ला अदालत धनुषामा बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…