धनुषा निर्वाचन क्षेत्र नं. २ को (ख) बाट प्रदेश सभा सदस्यमा रामअशिष लडने ईच्छा
राम अशिष रोहिता लगायतका अधिकांश नेताहरुको लागि पनि एक समुह लविङ्ग गरिरहेको छ । विपक्षी समुहको उम्मेदवार तय भएपछि क्षेत्र नं.२ मा चुनाव जित्न पार्टीले हरेक परिवेशको मुल्याङ्कन गर्ने हो भने रोहिता पनि उम्मेदवार हुन सक्ने सो समुहको दावी छ ।

२०७९ साउन २१ शनिबार, बिहान ११:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो मंसिर ४ गते धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट जनता समाजबादी पार्टी (जसपा) का नेता रामआशिष रोहिताले प्रदेश सभा सदस्यमा लडने घोषणा गरेको छन् ।
जनता समाजबादी पार्टी (जसपा) मा निकै सक्रिय रहेका रामआशिष रोहिताले जसपा पार्टीमा दिनरात खटेर उक्त क्षेत्रमा पार्टीको संगठन सक्रिय गर्दै गरिब जनता, किसान, दलितहरुको लागी हरदम आफू तैयार रहिआएको हुनाले जनताहरुले दिएको बिश्वास प्रति आफू उम्मेदवारी लिने बताएका छन् ।
रोहिता प्रदेश सांसद एवं पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादव निकट आकांक्षी देखिएका छन् । यद्यपि वर्तमान प्रदेश सांसदले भने औपचारिक रुपमा अहिले सम्म इच्छा जाहेर भने नगरेको नेताहरु बताउछन् । यद्यपि रोहिताले गत स्थानिय तहको निर्वाचनमा मेयरमा त्याग गरेकाले उनको दावी स्वभाविक रहेको उनले थपे ।
राम अशिष रोहिता लगायतका अधिकांश नेताहरुको लागि पनि एक समुह लविङ्ग गरिरहेको छ । विपक्षी समुहको उम्मेदवार तय भएपछि क्षेत्र नं.२ मा चुनाव जित्न पार्टीले हरेक परिवेशको मुल्याङ्कन गर्ने हो भने रोहिता पनि उम्मेदवार हुन सक्ने सो समुहको दावी छ ।
रोहितालाई पार्टीले अवसर दिए आफु तयार हुने बताए । यदि पार्टीले स्थानीय चुनाव जस्तो पैसा लिएर टिकटमा गजदारी गर्यो भने आफू स्वतन्त्र बाट पनि चुनाव लडने रोहिताले बताए ।
वर्तमान प्रदेश साँसद रामअशिष यादव सो क्षेत्रमा सबभन्दा बलियो उम्मेदवारको रुपमा खडा छ । साँसद यादवलाई पार्टीभन्दा पनि उनको समाजसेवी कार्यले जनताहरु रुचाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…