धनुषसागर एवम् धनुषमन्दिर सौन्दर्यीकरण अभियानमा भोली सशस्त्रका डिआईजी मगर धनुषाधाम आउँदै
पत्रकार यादवको नेतृत्वमा गठित एक अभियानका अभियानीहरुले निरन्तर निःस्वार्थ भावनाले पौराणिक एवम् धार्मिक धनुष मन्दिर र धनुषसागर पोखरी सौन्दर्यीकरण अभियानमा सक्रिय सहभागीता जनाउँदै आएका छन् ।

२०७९ साउन २० शुक्रबार, राति १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषाधाम । सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरसहित उनका टिम भोली (शनिबार) धनुषाधाम आउने भएका छन् ।
पत्रकार बिनय कुमार यादवको अगुवाईमा जारी रहेको धनुषसागर पोखरी र धनुषमन्दिर सौन्दर्यीकरण महाअभियानमा सहभागी हुनको लागि शनिबार बिहानै धनुषाधाम आउन लागेका हुन् ।
पोखरी सौन्दर्यीकरणको अन्तिम चरण रहेको समयमा सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगर भोली शनिबार आफ्ना टिमसहित धनुषाधामको सो अभियानमा सहभागीता जनाउने भएको छ ।
यसअघि मधेश प्रदेश प्रहरीका डिआईजी मसउद आलम खाँले सो अभियानमा सहभागीता जनाएका थिए । विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरुले धनुषसागर र धनुषमन्दिर सौन्दर्यीकरण अभियानमा सहभागीता जनाउँदै आएका छन् ।
डिआईजी मगरको साथै धनुषाको धारापानीस्थित रहेको सेनाको ब्यारेकबाट नेपाली सेना समेत पुरातात्विक एवम् धार्मिक प्रतिष्ठान सँरक्षण अभियानमा सहभागीता जनाउने भएको छ ।
पत्रकार यादवको नेतृत्वमा गठित एक अभियानका अभियानीहरुले निरन्तर निःस्वार्थ भावनाले पौराणिक एवम् धार्मिक धनुष मन्दिर र धनुषसागर पोखरी सौन्दर्यीकरण अभियानमा सक्रिय सहभागीता जनाउँदै आएका छन् ।
डिआईजी ठाडा मगर आउने भएपछि अन्य क्षेत्रका सँस्थागत प्रतिनीधिहरुले समेत सहभागीता जनाउने भएको अभियानका सँयोजक सदस्य बिनय कुमार यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…