क्षीरेश्वरनाथ नगरपालिकामा मिश्र भए हाकिम
मेयर यादवले उनलाई स्वागत गर्दै कुशलपूर्वक कार्य सम्पादन गरी आर्थिक र प्रशासनीक जिम्मेवारी सुम्पेको थियो । सो क्रममा अधिकृत मिश्रले जनप्रतिनीधि र जनताको भावना बमोजिम कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाए ।

२०७९ साउन १८ बुधबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित रहेको क्षीरेश्वरनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कन्हैया मिश्रले कार्यभार सम्हालेका छन् ।
विभिन्न स्थानीय तहमा कुशल कार्य सम्पादन गरेको रेकर्डसहित अधिकृत मिश्र क्षीरेश्वनाथ नगरपालिकाको अधिकृतको भूमिका निर्वाह गर्ने भएको छ ।
मँगलबार क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले अधिकृत मिश्रलाई स्वागत गर्दै कार्यभारको जिम्मा दिए ।
जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै अधिकृत मिश्र स्थानीय तहमा अधिकृतको रुपमा कार्यरत रहँदै आएका छन् ।
मेयर यादवले उनलाई स्वागत गर्दै कुशलपूर्वक कार्य सम्पादन गरी आर्थिक र प्रशासनीक जिम्मेवारी सुम्पेको थियो । सो क्रममा अधिकृत मिश्रले जनप्रतिनीधि र जनताको भावना बमोजिम कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…