आफ्नै ८ बर्षिय भतिजि बलात्कार आरोपमा काका पक्राउ
पीडित बालिकाको स्वास्थ्य परिक्षण साउन ११ गते वर्दिवास अस्पतालमा गरिएको छ ।

२०७९ साउन १४ शनिबार, दिउँसो १२:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको महोत्तरी जिल्लास्थित आफ्नै भतिजी बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।
महोत्तरीको बजार क्षेत्र बर्दिवासमा आफनै ८ वर्षीया नाबालिक भतिजिलाई बलात्कार गरेको आरोपमा काकालाई गिरफ्तार गरिएको छ।
इलाका प्रहरी कार्यालय वर्दिवासले जनाए अनुसार १० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई बलात्कारको गरेको आरोपमा साउन ११ गते उजुरी परेको छ ।
बर्दिबास नगरपालिका बस्ने बालिकाको अभिभावकले दिएको दिएको किटानी जाहेरीको आधारमा प्रहरीले २४ वर्षीय आरोपितलाई साउन १२ गते गिरफ्तार गरिएको इप्रका वर्दिवासका डिएसपी रबि रावलले जानकारी दिए।
आरोपितलाई अहिले इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय प्रमुख समेत रहेका रावलको भनाइ छ ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण साउन ११ गते वर्दिवास अस्पतालमा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…