Close This

एक वडाध्यक्षलाई मोटरसाईकलले ठोकेर ज्यान मार्ने प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी

२०७९ श्रावण ११ बुधबार
रति ८:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिकाका एक वडाध्यक्षलाई एक युवकले ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ । 

चुनावमा हारजीतपछि व्यक्तिगत रिसबीले गर्दा धनुषाको कमला नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सरद देव यादवलाई एक युवकले ज्यान मार्ने प्रयास गरेको आरोप सहित प्रहरीमा किटानी जाहेरी दिएको छ । 

कमला नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष यादवलाई सोही स्थान बस्ने राम रिझनको २० बर्षिय छोरा छोटु भन्ने प्रभाकर यादवले मँगलबार साँझ जनकपुरबाटै बाटोमा पछयाउँदै आएको आरोप किटानी जाहेरीमा उल्लेख छ । 

कमला नगरपालिका वडा नम्बर १ का वडाध्यक्षका भाई समेत रहेका रामबाबु यादवले ईलाका प्रहरी कार्यालय खजुरीमा दिएको उजुरीमा आरोपित छोटु भन्ने प्रभाकर यादवले जनकपुरबाट आउने क्रममा बाटोमा कैयौँ पटक मोटरसाईकलले ठक्कर दिने प्रयास गरेको तथा घर आएपछि घर अगाडी अभद्र व्यवहार गरेको उल्लेख छ । 

प्रभाकर यादवमाथि अभद्र व्यवहारको किटानी जाहेरी दायर गरिएको छ । ईलाका प्रहरी कार्यालय खजुरीमा बुधबार दिउँसो पुगेका वडाध्यक्ष यादव र उनको परिवारले उनीमाथि अभद्र व्यवहारको किटानी जाहेरी गरेको हो । 

गत बैशाख ३० गते भएको चुनावमा छोटु अन्य राजनीतिक दलसँग आस्था राख्ने भएकोले सरददेव यादव निर्वाचित भएपछि उनलाई यातना दिन ठक्कर हान्ने प्रयास गरिएको आरोप वडाध्यक्ष यादवका भाई रामबाबुले लगाएका छन् । 

चुनाव हुनुभन्दा अघि नै वर्तमान वडाध्यक्षका बुवामाथि साँघातिक हमला भएको तथ्यलाई ताजगी दिँदै रामबाबुले यसपाली वडाध्यक्षलाई नै ज्यान मार्ने प्रयास भएको बताएका छन् । 

छोटु यादवसँग अन्य एक जना अपरिचित व्यक्ति गाउँसम्म वडाध्यक्ष यादवलाई पछयाउँदै आएको बताइएको छ । यद्यपी, अर्का युवक भन्ने सोही ठाउँबाट डरले फरार भएको बताइएको छ । 

वादी भनिएको रामबाबु यादवले आफ्नो वृद्ध आमाबुवालाई समेत अपशब्द र अभद्र गालीगलौज गरेको भन्दै अभद्र व्यवहार जाहेरी हालिएको बताएका छन् । 

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरेले छोटु भन्ने प्रभाकरलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालिएको बताएका छन् । अन्य एक जनाको खोजी भईरहेको बताएका छन् ।

मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। यदि कसैले यो बुँदाविपरीत व्यवहार गरेको छ भने १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास

  • २०७९ श्रावण ११ बुधबार

न्यूज ब्यूरो, काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई

पूरा पढ्नुहोस्

Bureau Menus