मिटरब्याजका पीडितहरुले मुख्यमन्त्री घेर्ने
साउन १५ गतेपछि आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गरिने र मिटरब्याजका समस्या मधेशमा अहिले ठूलो समस्या रहेको भन्दै राज्यले निकास नदिएसम्म संघर्ष जारी राख्ने अभियन्ता संघर्ष दाहालले जानकारी दिए ।

२०७९ साउन १० मंगलबार, बेलुकी ६:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । चर्को मिटर ब्याजका पीडितहरुले मधेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने भएको छ ।
मिटरब्याज घटनाका पीडितहरु संगठित भएर मिटरब्याजविरुद्ध चरणवद्ध संघर्ष चन्दै मधेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद घेराउन गर्ने भएको छ ।
मधेश प्रदेशको सिरहा जिल्लास्थित मिर्चैयामा बैठक बसेर प्रदेश स्तरीय संघर्ष समिति गठन गरेका मिटरब्याज पीडितहरुले आन्दोलनका विभिन्न चरणहरु घोषणा गरेका छन् ।
सिरहाका मनोज पासवानको संयोजकत्वमा रहेको उक्त समितिमा मधेश प्रदेशका विभिन्न जिल्लाका पीडितहरु छन् । समितिले मिटरब्याज घटनाका पीडितहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।
यस्तै, संघर्ष समितिले संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । साउन १५ गते आइतबार मुख्यमन्त्री कार्यालय जनकपुर घेराउको कार्यक्रम राखिएको छ ।
साउन १५ गतेपछि आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गरिने र मिटरब्याजका समस्या मधेशमा अहिले ठूलो समस्या रहेको भन्दै राज्यले निकास नदिएसम्म संघर्ष जारी राख्ने अभियन्ता संघर्ष दाहालले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…