धनुष सागर पोखरीको पानी निर्मुल पार्न कछुवा र चुन हालियो
स्थानीय दिलिप कुमार दनुवार (प्रदिप) ले ३० वटा कछुवाको बच्चा सहयोग गरेका छ्न ।

२०७९ साउन १० मंगलबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषाधाम । ऐतिहासिक धनुषाधामस्थित रहेको प्रसिद्ध धनुष मन्दिर र धनुषसागर पोखरी सौन्दर्यीकरण अभियानका अभियानीहरुले निरन्तर सफाई अभियानलाई तिव्रता दिएको छ ।
सो क्रममा प्राथमिकतामा राखिएको धनुष सागर पोखरी सफाई अभियानको क्रममा पोखरीबाट घाँसे फोहोरहरु निकालेर पानी निर्मूल पार्ने कार्य सुरु गरिएको छ ।
धार्मिक विश्वास बोकेको सो धनुष सागर पोखरीको पानी झन सफा बनाउनको लागि करिब तीन दर्जन कछुवाको बच्चा छाडिएको छ भने पानीको किटाणु मार्न तथा सफा पार्न चुन समेत हालिएको छ ।
अभियानीहरुलाई विभिन्न तवरबाट सहयोग प्राप्त हुँदै आएकोमा धनुषाधामका व्यावसायीहरुले स्वतफूर्त रुपमा अभियानमा सामेल हुँदै गएको छ । अभियानीहरुले पोखरी सफाईमै ध्यान दिएपछि अन्य व्यावसायीहरुले कोही कछुवाको बच्चा हाले भने कोहीले चुन किनेर हाल्न सुरु गरेको छ ।

व्यावसायिक दृष्टिकोणले समेत धनुषाधाम बजारमा थप पर्यटक भित्र्याउनको लागि यहाँका व्यावसायीहरु उत्साहित भएर सहयोग गर्ने क्रम जारी राखेको छ ।
स्थानीय दिलिप कुमार दनुवार (प्रदिप) ले ३० वटा कछुवाको बच्चा सहयोग गरेका छ्न । जलमा आश्रित जिवजन्तुहरु हाल्ने क्रममा प्रथम चरणमा पानी सफाईको लागि कछुवाको बच्चा हालिएको हो ।
यस्तै, दोस्रो चरणमा पानी सफाईकै लागि स्थानीय व्यावसायीहरुले चुन हालेको छ । मँगलबार बिहानै अभियानमा पुगेर उनीहरुले चुन सहयोग गरी पोखरीमा हालिएको छ ।
तेस्रो चरणमा पानी सफा गर्ने र माटो भित्रको फोहोर सफा गर्ने प्रजातिको माछा हाल्ने कार्यक्रम रहेको अभियानका सँयोजक सदस्य एवम् पत्रकार बिनय कुमार यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…