बैँकको ATM मेसिन फोडेर चोरी गर्नै लाग्दा दुई युवक रँगेहात पक्राउ 

२०७९ श्रावण १० मंगलबार
बिहान ०९:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशको आर्थिक नगरी भनेर चिनिने पर्सा जिल्लाको सदरमुकाम वीरगँजमा बैँकको एटिएम मेसिन फोडेर चोरी गर्ने दुई युवक पक्राउ परेका छन् । 

वीरगञ्जको लिंक रोडमा रहेको माछापुच्छ्रे र एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर पैसा चोरीगर्न लागेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पैसा चोर्ने उद्धेश्यले आइतबार राती करिब ११ बजेतिर एटीएम मेसिन फोडिरहेको अवस्थामा २ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाले पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ५ का अजय चौधरी र कलैया उपमहानगरपालिकाका राजकपुर चौधरी रहेका छन् । 

पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाउनुका साथै चोरी सम्बन्धी कसूरमा मुद्धा चलाइएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

एटिएम मेशिनमा सामान्य क्षति भएकोे छ वीरगञ्जमा एटिएम मेशिन फोड्ने घटना पहिलो भएको प्रहरीले जनाएको छ । 

यस प्रकारको घटनाले सुरक्षा चुनौती थपिएको बैंकरहरूले बताएका छन् । रातभरि खुल्ने एटिएम मेशिनमा चोरहरूको आँखा लागेपछि वीरगञ्जका बैंकहरू चिन्तित भएका छन् ।

माछापुच्छ्रे बैंकको एटिएम सोही बैंकको भवनमा रहेको तथा त्यहाँ रातभरि निजी सुरक्षागार्ड तैनाथ रहन्छन् । 

केही दिन अघि काठमाण्डौमा पनि एटीएम मेसिन फोडेर पैसा चोरी गर्ने प्रयास गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • २०७९ श्रावण १० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus